महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका एक बन्दीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
गएको २०८२ साल भदौ २४ गते 'GEN-Z' आन्दोलनको क्रममा कारागारबाट फरार भएका डाका मुद्दाका बन्दी ३८ वर्षीय विजेन्द्र कुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो। सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ०२ पुनर्वास टोल बस्ने पासवान लामो समयदेखि फरार रहँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका अनुसार आज (असार २८ गते) बिहान अन्दाजी ०७:३० बजेको समयमा प्राप्त विशेष गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको विशेष प्रहरी टोलीले लालबन्दी न.पा. ०२ जुटपानीदेखि पुनर्वास जाने भित्री सडक खण्डबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पासवानलाई थप अनुसन्धान तथा कारबाहीका लागि हाल इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (DSP) वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।