पर्साको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कौशल झा र लेखापाल रामबीर चौरसिया विगत एक साता देखि कार्यालयमा अनुपस्थित रहेको बताइएको छ ।
आर्थिक वर्षको सुरुआतमै प्रमुख प्रशासनिक जिम्मेवारीमा रहेका कर्मचारी कार्यालयमा उपस्थित नभएको भन्दै कर्मचारी तथा सेवाग्राहीले समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।
स्थानीयवासी तथा कर्मचारीका अनुसार दुवै अधिकारी लामो समयदेखि कार्यालयमा उपस्थित नभएपछि दैनिक प्रशासनिक कामकाज तथा सेवा प्रवाह प्रभावित भएको छ । उपस्थित नहुँदा विभिन्न प्रशासनिक तथा भुक्तानीकाे काम रोकिएको बताइएको छ ।
यसबारे निमित्त प्रमुख प्रशासकीय अधिकृत कौशल झा र लेखापाल रामबीर चौरसियासँग सम्पर्क गर्दा सम्पर्क हुन्न सकेन ।