बाराको बारागढी गाउँपालिका–३ श्रीपुरबाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
आइतबार साँझ इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय संजय मलिकलाई खैरो हेरोइनजस्तो देखिने ४ सय ६० मिलिग्राम पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका मलिकमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।