१) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेशमा हुने आन्दोलनका क्रममा सुरक्षा निकायले सिधै गोली चलाउने प्रवृत्तिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मधेशमा भीड नियन्त्रणका क्रममा लाठीचार्ज र अश्रुग्याँसजस्ता वैकल्पिक उपाय अपनाउनुको सट्टा गोली चलाइने गरेको भन्दै सरकारसँग जवाफ माग गरे। सांसद सिंहले मधेशमा सुरक्षा निकाय परिचालनका लागि स्रोत हुने तर शिक्षक नियुक्तिका लागि बजेट अभाव देखाइने गरेको आरोप पनि लगाए ।
उनले तराई–मधेशमा सुरक्षा व्यवस्थापनका क्रममा बल प्रयोगभन्दा अघि वैकल्पिक उपाय अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन् ।
२) जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकाविरुद्धको कसुरसम्बन्धी घटनामा आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
यी लगायतका समाचारहरू आजकाे टप टेन मधेशमा !