सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले म्याग्जिनसहितको एउटा पुरानो पेस्तोल बरामद गरेको छ । प्रहरीले हतियारसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी चौकी सितापुरबाट खटिएको नियमित गस्ती टोलीले शंकास्पद अवस्थामा रहेका स्थानीय सबरजीत दासलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ९ एमएम म्याग्जिनसहितको पुरानो पेस्तोल बरामद गरेको हो ।
उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सबरजीत दाससहित गुरुदेव दास र संजय दास गरी तीन जनालाई नियन्त्रणमा लिएको छ ।
बरामद हतियारसहित नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहामा पठाइएको प्रहरीले जनाएको छ ।