सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुरमा सर्पको टोकाइबाट ६ वर्षीय एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय श्यामलाल सदाका ६ वर्षीय छोरा कार्तिक सदा रहेका छन् । मंगलबार साँझ छिमेकीको घरमा टेलिभिजन हेरिरहेका बेला उनलाई सर्पले टोकेको थियो ।
मृतककी आमा फुद्री सदाका अनुसार कार्तिकले आफूलाई कुनै वस्तुले टोकेको जानकारी दिएपछि परिवारले तत्काल उपचारका लागि कञ्चनपुर नगर अस्पताल पुर्याएको थियो । तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
कार्तिक स्थानीय इन्टरनेशनल लक्की इङ्ग्लिश स्कुलमा नर्सरी कक्षामा अध्ययनरत थिए । घटनापछि परिवार र स्थानीयवासी शोकमा डुबेका छन् ।