आफ्नै खेतमा प्रयोग गर्नका लागि रासायनिक मल खरिद गर्न सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका सर्लाहीका दुई दाजुभाइ एक महिनाभन्दा बढी जेल जीवन बिताएपछि अन्ततः जमानतमा रिहा हुने भएका छन् ।
भारतको बिहारस्थित सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतले बुधबार दुवै दाजुभाइलाई जमानतमा रिहा गर्न आदेश दिएको हो ।
रासायनिक मल खरिदका लागि सीमावर्ती बजार पुगेका उनीहरू भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेपछि एक महिनाभन्दा बढी समयदेखि भारतको जेलमा रहेका थिए । अदालतको आदेशसँगै उनीहरूको रिहाइ प्रक्रिया अघि बढेको छ ।
यस घटनाले सीमावर्ती क्षेत्रमा कृषि प्रयोजनका लागि हुने आवतजावत तथा रासायनिक मलको उपलब्धतासम्बन्धी विषयलाई पुनः चर्चामा ल्याएको छ ।