1) बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका २५ स्वास्थ्य संस्थाबाट एक वर्षमा १ लाख ७५ हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।
2 ) मधेशी आयोगले नेपालमा नैतिक शिक्षा कार्यक्रमको आवश्यकता औंल्याउँदै विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षालाई अनिवार्य विषयका रूपमा समावेश गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
3) पर्सामा प्रहरीले २०७ किलो लागूऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ । बिन्दवासिनी गाउँपालिका–५ मा सवारी जाँचका क्रममा सिमेन्टका बोराभित्र लुकाइराखिएको गाँजासहित पिकअप चालक कृष्ण लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
4) आन्तरिक राजस्व कार्यालय, वीरगंजले आर्थिक वर्ष २०८२/८३ मा ९ अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यी लगायतका समाचारहरू आजकाे टप टेन मधेशमा !