दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ भने घरेलु मैदानमा नेपाल छैटौं पटक उपविजेतामै सीमित बनेको छ ।
फाइनल खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई २ - १ गोलले पराजित गर्दै दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । खेलको ५१औं मिनेटमा बंगलादेशले अग्रता लिएपछि ५५औं मिनेटमा नेपालकी अमिशा कार्कीले बराबरी गोल फर्काएकी थिइन् ।
तर, खेलको ८१औं मिनेटमा बंगलादेशले पुनः गोल गर्दै अग्रता लिएको थियो। त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा बंगलादेशले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो । यससँगै नेपाल पुनः उपविजेतामा सीमित हुन पुगेको छ ।
यो परिणामसँगै नेपाली महिला फुटबलले अझैपनि उपाधिको खोजमा संघर्ष गरिरहनु परेको छ ।