शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेश सरकारको बजेट कार्यान्वयन निराशाजनक, पाँच वर्षमा अधिकांश खर्च ६० प्रतिशतकै हाराहारी
मधेश सरकारको बजेट कार्यान्वयन निराशाजनक, पाँच वर्षमा अधिकांश खर्च ६० प्रतिशतकै हाराहारी
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, साउन २३, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेश सरकारले वर्षेनी बजेटको आकार बढाउँदै गौरवका आयोजना अघि सारे पनि बजेट कार्यान्वयनमा भने अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।

मधेश सरकारको पछिल्लो पाँच वर्षको खर्च विवरणले प्रदेशको समग्र खर्च प्रगतिमा अधिकांश वर्ष ६० प्रतिशतको हाराहारीमा सीमित रहेको र एक वर्ष मात्र ७१ प्रतिशत पुगेको देखाउँछ । त्यसमाथि पुँजीगत खर्च कमजोर रहनुका साथै आर्थिक वर्षको अन्तिम चौमासिकमा अत्यधिक खर्च हुने प्रवृत्ति दोहोरिँदा बजेट कार्यान्वयनको प्रभावकारिता र वित्तीय अनुशासनमाथि प्रश्न समेत उठेको छ ।

आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको तथ्याङ्क हेर्दा प्रदेश सरकारको कुल बजेट खर्च अधिकांश वर्ष ५५ देखि ७१ प्रतिशतको सीमामै सीमित रहेको छ । बजेट विनियोजन बढ्दै गए पनि खर्चको अनुपातमा उल्लेखनीय सुधार नआउनुले योजना निर्माणभन्दा कार्यान्वयन पक्ष कमजोर रहेको सङ्केत गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय मधेश प्रदेशको पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा प्रदेश सरकारको खर्च विवरणले प्रदेश सरकारको बजेट कार्यान्वयन क्षमता अझै चुनौतीपूर्ण अवस्थामा रहेको देखाएको छ भने बजेट बढे पनि कार्यान्वयन कमजोर देखिएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ४६ अर्ब १८ करोड ३५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये असार मसान्तसम्म २६ अर्ब ३९ करोड १७ लाख रुपियाँ मात्र खर्च हुँदा कुल खर्च ५६.७१ प्रतिशतमा सीमित रह्यो । अझै २० अर्ब २९ करोड रुपियाँभन्दा बढी बजेट खर्च हुन सकेन ।

सबैभन्दा चिन्ताजनक पक्ष भनेको पुँजीगत खर्च हो । विकास निर्माणका लागि छुट्याइएको बजेटमध्ये करिब १६ अर्ब १५ करोड रुपियाँ मात्र खर्च भएको देखिन्छ, जबकि चालुतर्फको खर्च ९ अर्ब ८३ करोड रुपियाँ नाघेको छ । यसले प्रशासनिक खर्चको तुलनामा विकास निर्माणमा अपेक्षित प्रगति हुन नसकेको सङ्केत गर्छ ।

यस्तै आर्थिक वर्ष २०८१/८२ मा पाँच वर्ष अवधिकै तुलनात्मक रूपमा राम्रो खर्च प्रगति देखिएको छ । उक्त वर्ष रु. ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेटमध्ये रु. ३१ अर्ब २३ करोड ३६ लाखभन्दा बढी खर्च भएको थियो । कुल बजेटको ७१.१६ प्रतिशत खर्च भएको उक्त वर्ष पुँजीगत खर्च पनि पाँच वर्षकै उच्च रहेको थियो । पुँजीगत शीर्षकमा रु। २१ अर्ब ४७ करोड ५० लाखभन्दा बढी खर्च भएको तथ्यांकले देखाउँछ ।

तर, अन्य वर्षहरूमा बजेट कार्यान्वयनको गति अपेक्षाकृत कमजोर देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले रु। ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपियाँ बजेट विनियोजन गरे पनि रु। २४ अर्ब ५४ करोड ४९ लाख ३० हजार ३२४ रुपियाँ मात्र खर्च गर्न सकेको थियो । यसले कुल बजेटको ५५.६४ प्रतिशत मात्रै कार्यान्वयन भएको देखाउँछ । यो पाँच वर्ष अवधिको कमजोर खर्च अवस्थामध्ये एक हो ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा रु. ४७ अर्ब २ करोड ५० लाख ५२ हजार रुपियाँ बजेटमध्ये रु. २६ अर्ब बढी लाख खर्च भएको थियो । उक्त वर्ष खर्च प्रगति ५७.१४ प्रतिशतमा सीमित रह्यो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा करिब रु. ३४ अर्ब ८७ करोड बजेटमध्ये रु. २२ अर्ब ४७ करोड खर्च भएको थियो भने खर्च प्रतिशत ६३.८० प्रतिशत रहेको थियो ।

प्रदेश सरकारको बजेट कार्यान्वयनमा सबैभन्दा ठूलो समस्या पुँजीगत खर्चतर्फ देखिएको छ । कर्मचारी तलब, प्रशासनिक सञ्चालन र नियमित कार्यक्रमसँग सम्बन्धित चालु खर्च तुलनात्मक रूपमा सहज रूपमा अघि बढे पनि सडक, सिँचाइ, ऊर्जा, भवन तथा अन्य पूर्वाधार निर्माणसँग जोडिएको पुँजीगत बजेट खर्चमा अपेक्षित सुधार हुन सकेको छैन ।

मन्त्रालयगत रूपमा हेर्दा प्रशासनिक प्रकृतिका केही मन्त्रालयले तुलनात्मक रूपमा राम्रो खर्च प्रगति देखाए पनि भौतिक पूर्वाधार विकास, खानेपानी, ऊर्जा तथा सिँचाइ, भूमि व्यवस्था, कृषि तथा सहकारीजस्ता विकासमुखी मन्त्रालयको बजेट कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेपछि मधेश प्रदेश सभा अर्थ तथा योजना समितिले चाँसो देखाउँदै पत्राचार गरेको छ ।  

समितिका सभापति अनिता कुमारी साहले प्रदेश सरकारको खर्च प्रगति सन्तोषजनक नरहेको भन्दै सम्बन्धित मन्त्रालयहरूसँग स्पष्टिकरण मागसहित पत्राचार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“मधेश सरकारको खर्च प्रगति समग्रमा निराशाजनक देखिएको बारे समितिले मन्त्रालयलाई पत्राचार गरेको छ । सातादिन भित्र जाफ माग गरिएको छ । 

प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा। भोगेन्द्र झाका अनुसार व्यवस्था फेरिए पनि कार्यशैलीमा अपेक्षित सुधार आउन नसक्दा मधेश प्रदेशको पुँजीगत खर्च कमजोर बनेको छ । उहाँले आर्थिक वर्षको अन्त्यमा अत्यधिक खर्च हुने प्रवृत्तिले वित्तीय अनुशासनमाथि प्रश्न उठाएको बताउँदै खर्च गर्ने क्षमता, समयमै योजना कार्यान्वयन, नियमित अनुगमन र राजनीतिक प्रतिबद्धता सुदृढ भए बजेट कार्यान्वयनमा सुधार आउने धारणा व्यक्त गर्नुभयो ।

अर्थविद् झाले भन्नुभयो,“व्यवस्था फेरिए पनि प्रवृत्ति उस्तै छ । स्रोतको अभावभन्दा पनि खर्च गर्ने क्षमता, कार्यान्वयन अनुशासन र राजनीतिक प्रतिबद्धता कमजोर भएकाले पुँजीगत खर्चमा अपेक्षित सुधार हुन सकेको छैन ।”

समग्रमा, पछिल्ला पाँच वर्षको खर्च विवरणले मधेश प्रदेशमा बजेट कार्यान्वयनको पुरानै समस्या कायम रहेको देखाएको छ । चालु खर्च व्यवस्थापनमा सुधार देखिए पनि पुँजीगत खर्च कमजोर हुँदा प्रदेशको समग्र वित्तीय प्रभावकारिता चुनौतीपूर्ण बनेको छ ।

मधेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपियाँकोे बजेट विनियोजन गरेको छ।

भिडियाे सामाग्री


प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  ०८:२८
#बजेट #मधेश प्रदेश #जनकपुरधाम #मधेश सरकार #वित्तीय अनुशासन #पुँजीगत खर्च #विकास बजेट #चालु खर्च #मधेश समाचार #अर्थ तथा योजना समिति
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ बिहीबार, असोज २९, २०८३
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP