शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • चारकोसे झाडीको बीचमा सहजनाथ धाम, धार्मिक पर्यटनको पर्खाइमा काँटघाट
चारकोसे झाडीको बीचमा सहजनाथ धाम, धार्मिक पर्यटनको पर्खाइमा काँटघाट
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, साउन २६, २०८३
A1 Beakery Add A1 Beakery Add

साउनको सोमबार बिहानैदेखि काँधमा काँवर र हातमा जल बोकेका भक्तजन चारकोसे झाडी छिचोल्दै काँटघाटतर्फ अघि बढ्छन् ।

जंगलको हरियालीबीचबाट गुञ्जिने ‘हर हर महादेव’को जयघोषले काँटघाटको वातावरणलाई धार्मिक बनाउँछ । बाराको कोल्हवी नगरपालिका–८ र जीतपुरसिमरा उपमहानगरपालिका–१७ को सीमासँग जोडिएको क्षेत्रमा रहेको सहजनाथ महादेव मन्दिरमा साउनका सोमबार देखिने यो दृश्य वर्षौंदेखि दोहोरिँदै आएको छ । स्थानीयस्तरमा ‘काँटघाट मन्दिर’का रूपमा परिचित सहजनाथ धाम साउन महिनामा विशेषगरी शिवभक्तको प्रमुख गन्तव्य बन्ने गरेको छ ।

साउनका प्रत्येक सोमबार विभिन्न स्थानबाट श्रद्धालु यहाँ पुग्ने गरेका छन् । बोलबम यात्रामा सहभागी भक्तजन काँवरमा जल बोकेर मन्दिर पुग्ने, महादेवलाई जलार्पण गर्ने, बेलपत्र तथा पूजासामग्री अर्पण गर्ने र धार्मिक विधिअनुसार पूजा गर्ने गर्छन् । यसले साउनभरि मन्दिर क्षेत्रमा चहलपहल बढाउने गरेको छ ।

आस्था छ, पूर्वाधारको अभाव

धार्मिक आस्थाले भरिएको सहजनाथ धाममा भक्तजनको आकर्षण बढे पनि त्यसअनुसार आवश्यक पूर्वाधार भने अझै पर्याप्त विकास हुन सकेको छैन । मन्दिरसम्म पुग्ने सडक, खानेपानी, सार्वजनिक शौचालय, सरसफाइ, पार्किङ, प्रकाश तथा सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता देखिन्छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

साउनका सोमबार ठूलो संख्यामा भक्तजन पुग्दा सवारी व्यवस्थापन, आवतजावत र सरसफाइमा समेत दबाब पर्ने गरेको स्थानीय बताउँछन् । मेला अवधिमा सुरक्षा व्यवस्था र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ ।

चारकोसे झाडीको बीचमा रहेको मन्दिर भएकाले धार्मिक गतिविधिबाट उत्पन्न फोहोरले प्राकृतिक वातावरणमा असर नपरोस् भन्नेतर्फ पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ।

‘जंगली बाबा’को पहिचान

सहजनाथ महादेव मन्दिरको धार्मिक महत्वसँगै यसको भौगोलिक अवस्थिति पनि विशेष मानिन्छ । बाक्लो चारकोसे झाडीको बीचमा रहेको मन्दिर सहरका भीडभाडयुक्त धार्मिक स्थलभन्दा फरक प्राकृतिक वातावरणमा अवस्थित छ ।

स्थानीय जनश्रुतिमा सहजनाथ महादेवलाई ‘जंगली बाबा’का रूपमा समेत सम्बोधन गर्ने गरिएको पाइन्छ । जंगलसँग जोडिएको धार्मिक विश्वास र मन्दिरको प्राकृतिक अवस्थिति नै काँटघाटको मौलिक पहिचान बनेको छ।

मन्दिर पुग्ने भक्तजनले पूजा तथा दर्शनसँगै वन क्षेत्रको प्राकृतिक वातावरणको समेत अनुभव गर्न पाउँछन् । यही कारण काँटघाटलाई धार्मिक तथा प्राकृतिक पर्यटनसँग जोडेर विकास गर्न सकिने सम्भावना रहेको स्थानीय बताउँछन् ।

मेलाले स्थानीय व्यापारमा बढाउँछ चहलपहल

साउनका सोमबार भक्तजनको संख्या बढेसँगै मन्दिर आसपास व्यापारिक गतिविधिसमेत बढ्ने गरेको छ । फूलमाला, बेलपत्र, पूजासामग्री, फलफूल तथा खानेकुराका अस्थायी पसल सञ्चालन हुने भएकाले स्थानीय साना व्यवसायीले आम्दानीको अवसर पाउने गरेका छन् ।

भक्तजनको आवागमनसँगै यातायात तथा अन्य स्थानीय सेवामा समेत गतिविधि बढ्ने गरेको छ । धार्मिक स्थलमा आउने मानिसको चहलपहललाई व्यवस्थित रूपमा उपयोग गर्न सके यसबाट स्थानीय अर्थतन्त्रलाई थप लाभ पुर्‍याउन सकिने सम्भावना छ ।

तर त्यसका लागि मेला व्यवस्थापन, आम्दानी संकलन र त्यसको उपयोग पारदर्शी तथा व्यवस्थित हुनुपर्ने स्थानीयको माग छ ।

मन्दिरको आम्दानीमा पारदर्शिताको प्रश्न

स्थानीय तहको संरचना निर्माण भएपछि सहजनाथ महादेव मन्दिरबाट हुने आम्दानीको स्रोत कोल्हवी नगरपालिकाले लिँदै आएको स्थानीयको भनाइ छ। मन्दिर व्यवस्थापन समिति पनि नगरपालिकामार्फत गठन गरिएको बताइएको छ।

तर मेला तथा मन्दिरबाट प्राप्त हुने आम्दानी कहाँ र कसरी खर्च भइरहेको छ भन्ने विषयमा पर्याप्त पारदर्शिता नभएको भन्दै स्थानीयले प्रश्न उठाउँदै आएका छन्।

स्थानीयका अनुसार मन्दिरमा भक्तजनको चहलपहल र मेलाबाट हुने आम्दानीलाई व्यवस्थित रूपमा परिचालन गर्न सके मन्दिर क्षेत्रको भौतिक अवस्था सुधार गर्न सकिन्छ। आम्दानीको पारदर्शी हिसाबकिताब सार्वजनिक गर्दै त्यसको केही हिस्सा मन्दिर तथा आसपासको पूर्वाधार विकासमा लगाउनुपर्ने उनीहरूको माग छ ।

धार्मिक पर्यटनको सम्भावना

काँटघाटको सबैभन्दा ठूलो सम्भावना यसको धार्मिक पहिचान र प्राकृतिक वातावरणको संयोजन हो । त्यसैले यहाँ पूर्वाधार विकास गर्दा वन क्षेत्रको मौलिकता जोगाउनु पनि उत्तिकै महत्वपूर्ण देखिन्छ ।

मन्दिर वरपर आवश्यक सुविधा विस्तार गर्दा जंगलको प्राकृतिक संरचनामा असर नपर्ने गरी योजना बनाउन सके धार्मिक पर्यटनको विकास र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउन सकिन्छ । स्थानीय तह, मन्दिर व्यवस्थापन पक्ष, वनसम्बन्धी निकाय र स्थानीय समुदायबीच समन्वय गरी दीर्घकालीन योजना बनाउन सके काँटघाटलाई व्यवस्थित धार्मिक गन्तव्यका रूपमा विकास गर्न सकिने आधार देखिन्छ ।

अहिले काँटघाटको प्रमुख आकर्षण साउनका सोमबारमा केन्द्रित छ । तर धार्मिक पर्यटनको सम्भावनालाई योजनाबद्ध रूपमा अघि बढाउन सके यसको आकर्षण एक महिनामा मात्र सीमित नरही बाह्रै महिना पर्यटक तथा श्रद्धालु भित्र्याउन सकिने स्थानीयको विश्वास छ । चारकोसे झाडीको प्राकृतिक सौन्दर्य, सहजनाथ महादेवप्रतिको धार्मिक विश्वास र स्थानीय संस्कृतिलाई एकीकृत गरी पर्यटन प्रवद्र्धन गर्न सके काँटघाट बाराको महत्वपूर्ण धार्मिक तथा प्राकृतिक पर्यटनस्थल बन्न सक्छ ।

त्यसका लागि आधारभूत पूर्वाधार विकास, मेला व्यवस्थापनमा सुधार, आम्दानीको पारदर्शिता, सुरक्षा तथा सरसफाइ व्यवस्थापन र प्राकृतिक वातावरणको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।

साउनका सोमबार काँटघाटमा गुञ्जिने ‘हर हर महादेव’को जयघोष यहाँको धार्मिक आस्थाको परिचय हो । यही आस्थालाई व्यवस्थित पर्यटन, स्थानीय अर्थतन्त्र र पूर्वाधार विकाससँग जोड्न सके चारकोसे झाडीको बीचमा रहेको सहजनाथ महादेव मन्दिर बाराको महत्वपूर्ण धार्मिक गन्तव्य बन्ने सम्भावना बोकेको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १३:१४
#बारा #शिवभक्त #जीतपुरसिमरा #धार्मिक पर्यटन #मेला व्यवस्थापन #धार्मिक स्थल #स्थानीय पर्यटन #मधेस प्रदेश समाचार #काटघाट #मन्दिर विकास #कोल्हवी नगरपालिका #प्राकृतिक पर्यटन #साउन सोमबार #बोलबम #सहजनाथ महादेव #सहजनाथ धाम #काँटघाट मन्दिर #चारकोसे झाडी #पर्यटन प्रवद्र्धन #बारा पर्यटन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मौरीघार हटाउन प्रशासनको २४ घण्टे अल्टिमेटम, किसान चिन्तित
मौरीघार हटाउन प्रशासनको २४ घण्टे अल्टिमेटम, किसान चिन्तित बिहीबार, असोज २९, २०८३
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी बिहीबार, असोज २९, २०८३
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP