शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #सागरकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • संरक्षणको अभावमा जिराभवानीको सुगीभार माई धार्मिक स्थल जीर्ण बन्दै
संरक्षणको अभावमा जिराभवानीको सुगीभार माई धार्मिक स्थल जीर्ण बन्दै
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, साउन २८, २०८३
A1 Beakery Add A1 Beakery Add

पर्साको जिराभवानी गाउँपालिका–५ सखुवनियास्थित जंगल क्षेत्रमा रहेको सुगीभार माई धार्मिक स्थल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको उक्त स्थलको मन्दिर परिसर वरिपरि फोहोर तथा दुर्गन्ध बढ्दै गएपछि स्थानीयवासीले संरक्षण र व्यवस्थापनमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र तथा ऐतिहासिक शक्तिपीठका रूपमा रहेको सुगीभार माई स्थान प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण छ । हरियाली र शान्त वातावरणका कारण धार्मिक पर्यटकीय सम्भावना बोकेको भए पनि स्थानीय सरकार तथा सम्बन्धित निकायको पर्याप्त ध्यान पुग्न नसक्दा स्थलको अवस्था कमजोर बन्दै गएको स्थानीयको गुनासो छ।

स्थानीयवासीका अनुसार सुगीभार माई मन्दिर परिसरको सरसफाइ, संरक्षण तथा पूर्वाधार विकासमा ध्यान दिन सके यस क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । मन्दिर तथा परिसरको व्यवस्थित संरक्षणका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीय बासिन्दाले तत्काल पहल गर्नुपर्ने उनीहरूको माग छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सुगीभार माई स्थानमा हरेक वर्ष विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने गरेका छन् । बडादसैँ, दीपावली तथा छठ पर्वपछि कथा, नाचलगायतका कार्यक्रम हुने गरेको स्थानीय बताउँछन् । कार्तिक र मंसिर महिनामा सात दिनसम्म रात्री मेला लाग्ने गरेको छ ।

स्थानीय परम्पराअनुसार सात देवीको धार्मिक मेलाका रूपमा बाघमोर्चा माई, सुगीभार माई, गादी माई, कोइलाभार माई, आमोदेवी माई, चोयलाभार माई र करहिया माई क्षेत्रमा सात दिनसम्म रात्री मेला आयोजना हुने गरेको बताइएको छ । मेलामा पर्सा तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन् ।

भक्तजनले माईसँग मनोकामना माग्ने र मनोकामना पूरा भएपछि पुनः अर्को वर्ष मेला तथा मन्दिरमा चढावा लिएर आउने धार्मिक परम्परा रहेको स्थानीयको भनाइ छ। यसका कारण सुगीभार माईप्रति स्थानीय तथा भक्तजनको गहिरो आस्था रहेको छ ।

यस क्षेत्रका बासिन्दाले विगतमा वन्यजन्तुबाट समेत समस्या व्यहोर्नुपरेको बताएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रबाट वन्यजन्तुको आवतजावत बढ्दा जिराभवानी गाउँपालिकाका सखुवनिया, हरैया, काठमाडौं टोल र शान्तिनगर क्षेत्रका किसानको खेती प्रभावित हुने गरेको स्थानीयको भनाइ छ ।

जिराभवानी गाउँपालिका–५ सखुवनियाका किसान चन्दन दिसवा थारुका अनुसार चित्तल, हरिण, नीलगाई, घोडगधा, बँदेल, भालु, स्याल तथा मयूरजस्ता वन्यजन्तुले किसानको बालीमा क्षति पुर्‍याउने गरेका छन् ।

“दर्जनौँको संख्यामा आउने वन्यजन्तुले गहुँ, धान, सुर्ती, आलु र तोरीजस्ता बालीमा ठूलो क्षति पुर्‍याउने गरेका छन्,” उहाँले भन्नुभयो ।

वन्यजन्तुबाट बाली जोगाउन किसानहरूले खेतमा मचान तथा छाप्रो बनाएर रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

स्थानीयवासीले धार्मिक आस्था र प्राकृतिक सम्पदाले महत्वपूर्ण रहेको सुगीभार माई स्थलको संरक्षण, सरसफाइ तथा पूर्वाधार विकासमा तत्काल ध्यान दिन स्थानीय सरकार, वडा कार्यालय तथा सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले धार्मिक पर्यटनको सम्भावना बोकेको यस क्षेत्रको संरक्षण र विकास गर्न सके स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिसमेत बढाउन सकिने बताएका छन् ।

भिडियाे सामाग्री


प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ०७:००
#किसान #पर्सा राष्ट्रिय निकुञ्ज #जिराभवानी गाउँपालिका #पर्सा #स्थानीय सरकार #शक्तिपीठ #धार्मिक आस्था #धार्मिक पर्यटन #धार्मिक स्थल #पर्यटकीय स्थल #वन्यजन्तु #बाली क्षति #सखुवनिया #मन्दिर संरक्षण #सुगीभार माई #मन्दिर सरसफाइ #रात्री मेला #सात देवी मेला #बाघमोर्चा माई #गादी माई #करहिया माई
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
बीरगंजमा जुवाविरुद्ध प्रहरीको कारबाही, ९८ हजार रुपैयाँ बरामद
बीरगंजमा जुवाविरुद्ध प्रहरीको कारबाही, ९८ हजार रुपैयाँ बरामद मंगलबार, असोज २७, २०८३
धानखेतबाट भरुवा बन्दुक बरामद, प्रहरीद्वारा अनुसन्धान सुरु
धानखेतबाट भरुवा बन्दुक बरामद, प्रहरीद्वारा अनुसन्धान सुरु मंगलबार, असोज २७, २०८३
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित मंगलबार, असोज २७, २०८३
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? सोमबार, असोज २६, २०८३
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो सोमबार, असोज २६, २०८३
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना आइतबार, असोज २५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
कञ्चनपुरमा किशोर अपहरणपछि कुटपिट, पाँच जना प्रहरी नियन्त्रणमा
कञ्चनपुरमा किशोर अपहरणपछि कुटपिट, पाँच जना प्रहरी नियन्त्रणमा वीरगंज सिटी
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बीरगंजमा जुवाविरुद्ध प्रहरीको कारबाही, ९८ हजार रुपैयाँ बरामद
बीरगंजमा जुवाविरुद्ध प्रहरीको कारबाही, ९८ हजार रुपैयाँ बरामद वीरगंज सिटी
धानखेतबाट भरुवा बन्दुक बरामद, प्रहरीद्वारा अनुसन्धान सुरु
धानखेतबाट भरुवा बन्दुक बरामद, प्रहरीद्वारा अनुसन्धान सुरु वीरगंज सिटी
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक वीरगंज सिटी
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP