वीरगंज महानगरपालिका–१४ स्थित चिनीमिल आवास क्षेत्रको नालाको पानीमा मृत भेटिएका पुरुषको सनाखत भएको छ ।
शुक्रबार बिहान करिब ११ः४० बजे नालाको पानीमा डुबेर अचेत अवस्थामा रहेको एक पुरुषलाई उद्धार गरी वीरगंज हेल्थ केयर अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकले चेकजाँचपछि उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार मृतक वीरगंज महानगरपालिका–१८ भवानीपुर निवासी करिब ४६ वर्षीय जंगबहादुर पासवान भएको प्रहरीले जनाएको छ । उनको पहिचान १७ वर्षीय छोरा मन्दिप पासवानले गरेका थिए ।
सनाखतपछि परिवारका सदस्यले शव बुझेर शुक्रबार नै अन्तिम संस्कार गरेको प्रहरीले जनाएको छ ।
घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।