टप टेन मधेश
१०
धनुषा प्रहरीले करिब ६५ ग्राम खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ ।
२०
देशभरका उखु किसानले दुई वर्षअघिको बक्यौता अनुदान रकम उपलब्ध गराउन माग गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
३०
रौतहटको गुजरा नगरपालिका–७ मा सर्पले टोकेका सात वर्षीय बालकको झारफुक गराउने क्रममा मृत्यु भएको छ । स्थानीय लालबाबु रामका छोरा छोटेलाल रामलाई शुक्रबार बिहान करिब ३ बजे विषालु सर्पले टोकेको थियो ।
४०
मुक्त हरवाचरवा अधिकार मञ्चले आफ्ना माग पुरा गर्न मधेश प्रदेश सरकारलाई ३ महिना (९० दिन) को अल्टिमेटमा दिएका छन् ।
५०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मधेश प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्जका रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संघीय सरकारका तर्फबाट आवश्यक नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
६०
वीरगंज नाका हुँदै एलोपेथिक औषधिको आयात हरेक वर्ष बढ्दै गएको देखिएको छ। वीरगंज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा औषधिको आयात बढेको हो ।
७०
मधेश प्रदेश सरकारको जनकपुरधाममा बसेको मन्त्रिपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ ।
८०
मिथिलाञ्चलमा आजदेखि झुलोनोत्सव (झुला) पर्व सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु भई झुलोनोत्सव पूर्णिमासम्म जारी रहन्छ ।
९०
प्रहरीले महागढीमाई नगरपालिका–३ ग्वास टोल र वडा नं १० गंजभवानीपुरमा अवैधरूपमा सञ्चालन हुँदै आएका घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ ।
१००
रौतहटको श्रीसियामा कुकुरलाई ठक्कर दिएको विषयलाई लिएर विद्युतीय सवारी (इभी) चालकलाई अमानवीय तथा मरणासन्न हुनेगरी कुटपिट गरिएको विरोधमा इभी चालकहरूले गौर–चन्द्रनिगाहपुर सडकखण्ड अवरुद्ध गरेका छन् ।