पर्साको वीरगंज महानगरपालिका–१५ बाट प्रहरीले ५०.७ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले साउन ३१ गते उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–४ का २४ वर्षीय समसाद देवन र बिन्दवासिनी गाउँपालिका–५ का २२ वर्षीय सनप्राज शेख रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट ५०.७ ग्राम खैरो हेरोइन, एउटा मोबाइल फोन र ‘अन टेस्ट’ अवस्थामा रहेको एउटा मोटरसाइकल बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंजमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजले जनाएको छ ।