पर्सागढी नगरपालिका–४ हरदासपुरमा २७ वर्षीया युवती घरभित्र मृत अवस्थामा फेला परेकी छन् ।
हरदासपुर निवासी पूजा कुमारी आइतबार बिहान करिब ११ बजे आफ्नै घरमा हजुरआमा सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी बढनियाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको प्रारम्भिक जाँचबुझ गर्नुका साथै आवश्यक मुचुल्का तयार पारेको छ ।
परिवारजनका अनुसार युवतीले पासो लगाएर ज्यान गएको आशंका गरिएको छ । यद्यपि, घटनाको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पनि घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।