टप टेन मधेश
१)
प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण अन्यायमा परेकालाई आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छन् ।
२०
शिक्षा तथा खेलकुद मन्त्रालयको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मधेस प्रदेशको कार्यक्रम सम्पन्न भएको छ ।
३०
सशस्त्र प्रहरी बल नेपालले बारा–पर्साका सीमा क्षेत्रमा खटिएका अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ ।
४०
मधेस प्रदेशमा एलपी ग्यासको अभाव बढेपछि सर्वसाधारणले दाउरा र गुइँठाजस्ता वैकल्पिक इन्धनको जोहो गर्न थालेका छन् ।
५०
नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रअन्तर्गत विद्युत् महसुलकाे बक्यौता ७ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
६०
सर्लाहीको बरहथवा नगर अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा सञ्चालन भएपछि सेवाग्राहीको चाप बढेको छ ।
७०
जितपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि ईडीसीडी, टेकुसँग अनुमति मागेको छ ।
८०
पर्सामा अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न तीन ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
९०
पर्साको वीरगञ्ज महानगरपालिका–१५ बाट ५०.७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
१००
पर्सागढी नगरपालिका–४ हरदासपुरमा २७ वर्षीया पूजा कुमारी घरभित्र मृत अवस्थामा फेला परेकी छन् ।