जनता समाजवादी पार्टी (जसपा) नेपालले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकता भएपछि २ सय ७९ सदस्यीय नयाँ केन्द्रीय समिति गठन गरेको छ ।
नयाँ समितिमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन्। ३३ सदस्यीय पदाधिकारीमा शरत्सिंह भण्डारी सहअध्यक्ष तथा रकम चेम्जोङ वरिष्ठ नेता रहेका छन् । उपाध्यक्षमा उमाकान्त चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणुकुमारी यादव रहेका छन् । महासचिवमा प्रकाश अधिकारी, लालबाबु राउत र डा. सुरेन्द्र झालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, उपमहासचिवमा जयनुल राइन, दीपक कार्की, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लीलादेवी सिटौला रहेका छन् । कोषाध्यक्षमा सुरिताकुमारी साहलाई चयन गरिएको छ ।
जसपा नेपालको नयाँ कार्यकारिणी समिति २९ सदस्यीय रहेको छ । २ सय ७९ सदस्यीय केन्द्रीय समितिमा लोसपाबाट १ सय १० जना समेटिएका छन् ।