शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • वीरगंजमा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने : मन्त्री पटेल
वीरगंजमा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने : मन्त्री पटेल
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, भदौ १, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलले वीरगंजमा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने बताउनुभएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले वीरगञ्जमा आयोजना गरेको उपभोक्ता अदालत स्थापना तथा सञ्चालन र नसर्ने रोग रोकथामसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पटेलले वीरगंजमा उपभोक्ता अदालत आवश्यक रहेको बताउनुभएको हो ।

वीरगंजमा उपभोक्ता अदालत स्थापनाका लागि मन्त्रालयले निर्वाह गर्नुपर्ने भूमिका पूरा गर्न आफू तयार रहेको उहाँले बताउनुभयो । उपभोक्ता अदालतको महत्वबारे बुझ्दै जाँदा यसको आवश्यकता निकै महत्वपूर्ण रहेको पाएको उल्लेख गर्दै मन्त्री पटेलले संघीय सरकारले गरेको निर्णयअनुसार प्रदेश सरकारले उपभोक्ता हित संरक्षण ऐन बनाउन पहल सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थापना हुने उपभोक्ता अदालतले स्थानीय उत्पादनबाट ठगिएका उपभोक्तालाई क्षतिपूर्ति दिलाउनेसँगै आयातित वस्तुको नियमन कसरी गर्ने भन्ने विषयमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । दैनिक उपभोग गरिने वस्तु तथा जीवनशैलीका कारण नसर्ने रोग बढ्दै गएको उल्लेख गर्दै मन्त्री पटेलले समाजको चेतनास्तर अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । नागरिकलाई राजनीतिक, आर्थिक तथा सामाजिक रूपमा सचेत बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

चुनावका बेला विभिन्न राजनीतिक एजेन्डा र प्रतिबद्धता लिएर जनतामाझ जाने तर प्रतिबद्धता पूरा नगर्ने राजनीतिक दल तथा नेतृत्वका विषयमा समेत कारबाहीको व्यवस्था हुनुपर्नेमा सोच्ने बेला आएको उहाँको भनाइ थियो । मन्त्री पटेलले पछिल्लो समय पत्रकारिता राजनीतिक विषयवस्तुमा बढी केन्द्रित हुँदै गएको भन्दै शिक्षा, कृषि, स्वास्थ्यलगायत सबै क्षेत्रका सूचना प्रवाहमार्फत जनतालाई सुसूचित गराउनेतर्फ पत्रकारिता अग्रसर हुनुपर्ने बताउनुभयो ।

उहाँले मानिसमा पूँजीवादी जीवनशैली अपनाउने होड बढेको र अरूलाई देखाउनकै लागि स्थानीय उत्पादनभन्दा आयातित वस्तुको प्रयोग बढ्दै गएको बताउनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षदेखि उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारीसमेत दिनुभयो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति बाँनियाले उपभोक्ता अदालत स्थापना तथा सञ्चालनसम्बन्धी प्रस्तुति दिनुभएको थियो ।

उहाँले उपभोक्ता अदालतको आवश्यकता, स्थानीय उपभोक्ताको अवस्था तथा उपभोक्ता अधिकार र सचेतनाका विषयमा चर्चा गर्नुभयो । त्यस्तै, जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत धनी सिंहले नसर्ने रोगका कारण, अवस्था तथा तुलनात्मक तथ्याङ्कसहित कार्यपत्र प्रस्तुत गर्नुभयो ।

जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश महेन्द्रप्रसाद पोखरेलले प्रत्येक उपभोक्ताले स्वच्छ, सफा तथा गुणस्तरीय वस्तु उपभोग गर्न पाउनुपर्ने बताउनुभयो । उपभोक्ता अदालतले संविधानविपरीतका घटना हुन नदिन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजङ्ग थापाले ठगिएका उपभोक्तालाई क्षतिपूर्ति दिलाउन उपभोक्ता अदालत आवश्यक रहेको बताउनुभयो । पर्सा बारकी सचिव प्रतिमा चौरसिया, वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईं, प्राध्यापक हरेराम ठाकुरलगायतले पनि वीरगंजमा उपभोक्ता अदालत स्थापनाको आवश्यकताबारे धारणा राख्नुभएको थियो ।

भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १५:२६
#वीरगंज #मधेश प्रदेश #उपभोक्ता हित संरक्षण मञ्च #पर्सा #उपभोक्ता सचेतना #उपभोक्ता अधिकार #उपभोक्ता संरक्षण #स्थानीय उत्पादन #उपभोक्ता अदालत #नसर्ने रोग
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मौरीघार हटाउन प्रशासनको २४ घण्टे अल्टिमेटम, किसान चिन्तित
मौरीघार हटाउन प्रशासनको २४ घण्टे अल्टिमेटम, किसान चिन्तित बिहीबार, असोज २९, २०८३
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी बिहीबार, असोज २९, २०८३
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी वीरगंज सिटी
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP