शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेशमा ट्रान्सफर्मर चोरी बढ्दो, प्राधिकरण र प्रहरी हैरान
मधेशमा ट्रान्सफर्मर चोरी बढ्दो, प्राधिकरण र प्रहरी हैरान
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, भदौ २, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ्दै जाँदा किसानदेखि खानेपानी उपभोक्तासम्म प्रभावित भएका छन् । विशेषगरी गाउँभन्दा बाहिर चौरमा सिंचाइका लागि जडान गरिएका तथा खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन् ।

महोत्तरीको औरही नगरपालिका–१ मा सिंचाइका लागि जडान गरिएको १०० केभी क्षमताको ट्रान्सफर्मर गत २७ साउन राति चोरी भयो । उक्त ट्रान्सफर्मर एक वर्षअघि २८ असार २०८२ मा जडान गरिएको थियो । ट्रान्सफर्मर चोरी भएपछि धानखेतमा सिंचाइ गर्न किसानलाई समस्या भएको छ । किसान विपिन यादवले समयमै पानी नपर्ने र सिंचाइका लागि विद्युत् मोटरमा निर्भर हुनुपर्ने अवस्थामा ट्रान्सफर्मर चोरी भएपछि खेती प्रभावित भएको गुनासो गर्नुभयो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुरमा पनि गत ३ साउन राति खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी भयो । सञ्चालनको तयारीमा रहेको आयोजनाको ट्रान्सफर्मर चोरी भएपछि खानेपानी आयोजना अन्योलमा परेको वडाध्यक्ष अवधकिशोर यादवले बताउनुभयो । उहाँका अनुसार यसअघि वडा नम्बर ८ र ९ को बीचमा कृषि सिंचाइका लागि जडान गरिएको ट्रान्सफर्मरसमेत चोरी भएको थियो ।

धनुषाकै मिथिला नगरपालिका–२ नक्टाझिजमा गत २६ असारमा खानेपानीको ट्रान्सफर्मर चोरी भयो। खानेपानी उपभोक्ता समितिको ट्रान्सफर्मर पोलबाट झारेर तेल र क्वाइल चोरी गरिएको थियो । उक्त ट्रान्सफर्मर यसअघि पनि दुईपटक चोरी भइसकेको थियो । चोरी रोक्न वेल्डिङ गरिए पनि चोरले वेल्डिङ काटेरै ट्रान्सफर्मर लगेका थिए । ट्रान्सफर्मर चोरी भएपछि स्थानीय चार दिनसम्म खानेपानीबाट वञ्चित भएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

धानबाली लगाउने समयमा पानी नपर्दा किसान खडेरीको सामना गरिरहेका छन् । यस्तो अवस्थामा इनार, बोरिङ र स्यालो ट्युबवेलबाट विद्युतीय मोटर प्रयोग गरी सिंचाइ गर्ने किसान ट्रान्सफर्मर चोरी बढेपछि थप चिन्तित भएका छन् । पानीको सतह घट्दै गएपछि खानेपानी आयोजनामा जडान भएका ट्रान्सफर्मरमा समेत चोरको नजर परेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका विभिन्न जिल्लाबाट ३३ वटा ट्रान्सफर्मर चोरी भएका छन् । सबैभन्दा बढी महोत्तरीमा ११ वटा, सप्तरीमा ७, धनुषा र बारामा ४/४, सर्लाहीमा ३, सिरहामा २ तथा रौतहटमा एउटा ट्रान्सफर्मर चोरी भएको प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता एसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांकअनुसार मधेश प्रदेशमा १०१ वटा ट्रान्सफर्मर चोरी भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा २१, २०८०/८१ मा १२, २०७९/८० मा ७ र २०७८/७९ मा २८ वटा ट्रान्सफर्मर चोरी भएका थिए । तथ्यांकले पछिल्ला वर्षमा चोरीका घटना पुनः बढ्दै गएको देखाउँछ । ट्रान्सफर्मर चोरीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै नयाँ ट्रान्सफर्मर जडान तथा मर्मतमा नेपाल विद्युत् प्राधिकरणमाथि थप आर्थिक भार पर्ने गरेको छ । विशेषगरी चौर तथा सुनसान क्षेत्रमा सिंचाइ र खानेपानीका लागि जडान गरिएका ट्रान्सफर्मर चोरीको उच्च जोखिममा छन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सखुवा महेन्द्रनगरका प्रमुख मकसुद आलमका अनुसार चोरी रोक्न ट्रान्सफर्मरमा वेल्डिङ गर्ने गरिएको भए पनि चोरहरूले वेल्डिङसमेत काटेर चोरी गर्ने गरेका छन् । उनका अनुसार खानेपानी आयोजनाका ट्रान्सफर्मरसमेत चोरको निशानामा परेका छन् ।

मधेश प्रदेशका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले बढ्दो ट्रान्सफर्मर चोरीप्रति प्रहरी गम्भीर रहेको बताउनुभयो । विद्युत् प्राधिकरणका प्रतिनिधिसँग चोरी नियन्त्रणका विषयमा छलफल भइरहेको उल्लेख गर्दै उहाँले ट्रान्सफर्मर जडान गर्दाकै समयमा आवश्यक सुरक्षा उपाय अपनाउनुपर्ने र स्थानीयले समेत निगरानीमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुर, मुजेलियाका अनुसार मधेश प्रदेशमा करिब ८ हजार ट्रान्सफर्मर जडान गरिएका छन् । चोरी नियन्त्रणका लागि ट्रान्सफर्मर जडान भएका स्थानका स्थानीयलाई रेखदेख तथा निगरानीमा सहयोग गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ। साथै मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयहरूलाई अनुगमन, निगरानी र अनुसन्धानका लागि पत्राचार गरिएको छ ।

कार्यालयका प्रमुख शम्भु कुसियैत यादवका अनुसार धनुषा, महोत्तरी र सिरहामा ट्रान्सफर्मर चोरीसम्बन्धी तीनवटा मुद्दासमेत दर्ता भएका छन् । प्राधिकरण एक्लैको निगरानीले ट्रान्सफर्मर सुरक्षित राख्न सम्भव नहुने भएकाले स्थानीय समुदाय, प्रहरी प्रशासन र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

भिडियाे सामाग्री


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  ०८:०४
#भलुवाही खोला #मधेश प्रदेश #खानेपानी #नेपाल विद्युत् प्राधिकरण #किसान #धनुषा #महोत्तरी #जनकपुर #सिरहा #सिँचाइ #विद्युत् प्राधिकरण #मधेश प्रहरी #ट्रान्सफर्मर चोरी #ट्रान्सफर्मर #विद्युत् चोरी #ट्रान्सफर्मर सुरक्षा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ बिहीबार, असोज २९, २०८३
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP