नेपाली कांग्रेस पर्साका पूर्वसभापति एवं संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यलाई हृदयाघात भएपछि उपचारका लागि वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
वीरगंज–६ स्थित आफ्नै घरमा रहेका बेला बिहीबार दिउँसो अमात्यलाई अचानक हृदयाघात भएको थियो। त्यसपछि उनलाई तत्काल नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको हो। आइसियुमा राखेर उपचार भइरहेको अमात्यको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ ।
अमात्य २०७४ सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।