सप्तरीको खडक नगरपालिका–७ का एक व्यक्ति बहुविवाह मुद्दामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खडक नगरपालिका–७ का भुपेन्द्र पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले बुधबार पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
सप्तरी जिल्ला अदालत, राजविराजले बहुविवाह मुद्दामा दोषी ठहर गरेपछि फरार रहेका पासवानलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि अदालतमा दाखिला गरिएको डीएसपी घिमिरेले बताए ।
डीएसपी घिमिरेका अनुसार बहुविवाह मुद्दामा पासवानलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ ।