काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आज होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्दै छ ।
नेपाल ए र होबार्टबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।
नेपाल यसअघि भएका दुवै खेलमा पराजित भएको थियो । शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजित भएको नेपाल शनिबार बंगलादेशको हाई पर्फर्मेन्स टोलीसँग पराजित भयो ।
होबार्ट पनि हालसम्म जितविहीन छ । पहिलो खेलमा भिक्टोरियासँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशको टोलीसँग पराजित भएको थियो ।
होबार्टको टोलीमा अस्ट्रेलियाबाट खेलिसकेका बिली स्टानलेकसहित गत संस्करण खेलेका टिम वार्ड, ब्राडली होप, गेब बेल, निवेथन राधाकृष्णन, ज्याक कर्टेन, मार्कस बिन, राफ म्याकमिलनले यसपटक पनि खेल्दै छन् ।
स्टानलेकसहित टिम वार्ड, मार्कस बिन, जेक डोरान, राफ म्याकमिलनले बिग ब्यास लिगमा समेत खेलिसकेका छन् ।
होबार्टले गत संस्करण ६ खेलमा २ खेल मात्र जित्दै १० टिममध्ये नवौं स्थानमा फिनिस गरेको थियो ।