जीतपुर सिमरा उपमहानगरपालिका–६ बाट ११ वर्षीया बालिका बेपत्ता भएकी छन् ।
स्थानीय सनाया खातुन बेपत्ता भएको जानकारी इलाका प्रहरी कार्यालय सिमराले दिएको छ । प्रहरीका अनुसार बालिका बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह प्रहरीमा निवेदन दिएकी हुन् । निवेदन प्राप्त भएपछि प्रहरीले बालिकाको खोजी सुरु गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टले बालिका बेपत्ता भएको सम्बन्धमा निवेदन प्राप्त भएको पुष्टि गरेका छन् ।
बालिका कहाँ र कसरी बेपत्ता भएकी हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।