सिराहाको धनगढीमाई नगरपालिका–९, मुसहर्नियाबाट प्रहरीले करिब ५४ किलोग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–४, कमलपुरका २८ वर्षीय बिक्रम यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले बुधबार बिहान नैनपुरबाट मुसहर्नियातर्फ आउँदै गरेको प्रदेश २–०१–००४ प ८३६४ नम्बरको मोटरसाइकलमा सवार यादवलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।