काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–नारायणगढ सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।
रातिको समयमा सडकमा हुन सक्ने जोखिम पहिचान गर्न कठिन हुने तथा सम्भावित दुर्घटना र थप मानवीय क्षति रोक्न सवारी आवागमन बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडकखण्डमा जोखिमको अवस्था कायम रहेकाले तत्कालका लागि आवागमन रोकिएको हो। प्रहरीले अत्यावश्यक कामबाहेक उक्त सडकखण्डमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रामा रहेका तथा आसपासका सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्नसमेत प्रहरीले अपिल गरेको छ ।
सडकको अवस्था तथा जोखिमको मूल्याङ्कनपछि थप निर्णय गरिने प्रहरीले जनाएको छ ।