पर्साको बहुदरमाई नगरपालिका–१, विश्रामपुर जाने नहरको बाटोबाट प्रहरीले करिब २ किलो २ सय ९० ग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको समस्तीपुर जिल्ला, दलसिंहसराय थाना, पाड गाउँका ६३ वर्षीय रामचन्द्र राय यादव रहेका छन् । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाटाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका यादवलाई शङ्का लागेर जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो ।
प्रहरीले बरामद पदार्थसहित यादवलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।