सप्तरीको बलान बिहुल गाउँपालिका–१, छोटकी मल्हनिया गाउँबाट प्रहरीले नियन्त्रित लागूऔषध फेनारगन र डाइजेपामसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–१ निवासी ३५ वर्षीय सन्तोषकुमार सहनी रहेका छन् ।प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो मधेश प्रदेश ०१–००६ प २५१९ नम्बरको मोटरसाइकलमा सवार सहनीलाई जाँच गर्ने क्रममा फेनारगन ३ एम्पुल र डाइजेपाम ३ एम्पुल फेला पारेको हो ।
लागूऔषधसहित पक्राउ परेका सहनीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।