सरकारले विभिन्न १३ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, मन्त्रीस्तरीय निर्णयका आधारमा बिहीबारबाटै यो व्यवस्था लागू गरिएको हो ।
बारा, पर्सा, धनुषा, सप्तरी, सिराहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका नगरपालिका र गाउँपालिकामा झन्डै ८ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज गर्दै आएका थिए ।
पत्रमा पर्सा पाेखरिया नगरपालिका, बाराकाे महागढीमाइ नगरपालिका, बाराकाे सुवर्ण गाउपालिका लगायतकाे निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएकाे जनाएकाे छ ।
