शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • डम्पिङ साइट बनाउन असफल जनकपुरधाम, भाडामा जग्गा खोज्दै
डम्पिङ साइट बनाउन असफल जनकपुरधाम, भाडामा जग्गा खोज्दै
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज १६, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेस प्रदेशको राजधानी जनकपुरधाममा फोहोर व्यवस्थापनको समस्या वर्षौँदेखि ज्यूँका त्यूँ छ। स्थानीय तह गठन भएको ९ वर्ष बितिसक्दा पनि जनकपुरधाम उपमहानगरपालिकाले स्थायी डम्पिङ साइट निर्माण गर्न सकेको छैन। अहिले उपमहानगरपालिका फोहोर व्यवस्थापनका लागि पुनः निजी जग्गा भाडामा लिने प्रक्रियामा जुटेको छ ।

नगरको फोहोर व्यवस्थापनका लागि स्थायी संरचना नहुँदा उपमहानगरपालिकाले विभिन्न स्थानमा साना निजी जग्गा भाडामा लिएर काम चलाउँदै आएको छ। तर, अस्थायी रूपमा प्रयोग गरिएका ती जग्गा केही समयमै भरिने गरेकाले नयाँ स्थानको खोजी गर्नुपर्ने बाध्यता दोहोरिँदै आएको छ। यसको प्रत्यक्ष असर नगरको सरसफाइमा देखिने गरेको छ। फोहोर विसर्जन गर्ने ठाउँ नहुँदा सडक, चोक तथा बजार क्षेत्रमा फोहोर थुप्रिने र दुर्गन्ध फैलिने समस्या बारम्बार दोहोरिने गरेको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा वर्तमान नगरप्रमुख मनोजकुमार साहले फोहोर व्यवस्थापन र स्थायी डम्पिङ साइट निर्माणलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए। यही मुद्दासहित निर्वाचन जितेका साहको कार्यकालको चार वर्ष बित्न लाग्दासमेत स्थायी डम्पिङ साइट निर्माण हुन सकेको छैन। बरु कार्यकालको अन्तिम चरणमा उपमहानगरपालिकाले जग्गा भाडामा लिएर फोहोर व्यवस्थापन गर्ने विकल्प अघि सारेको छ ।

मेयर साहले पदभार ग्रहण गरेकै दिन फोहोर व्यवस्थापनसम्बन्धी निर्णय गरेका थिए। त्यसपछि वडास्तरमा फोहोर संकलनको व्यवस्था नियमित बनाउने प्रयास भए पनि संकलित फोहोरको दीर्घकालीन व्यवस्थापन भने हुन सकेन। यो समस्या उनको कार्यकालमा मात्रै सीमित छैन। २०७४ सालको स्थानीय तह निर्वाचनपछि नगरप्रमुख बनेका लालकिशोर साहको कार्यकालमा पनि फोहोर व्यवस्थापन नगरको प्रमुख चुनौतीका रूपमा रह्यो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यसअघि नै एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुरधाममा डम्पिङ साइट निर्माणका लागि बजेट विनियोजन गरिएको थियो। नगराइनस्थित मनियारी चौरीमा जग्गा उपलब्ध गराउन गुठी संस्थानलाई लाखौँ रुपैयाँ पेश्कीसमेत दिइएको थियो। तर, राजनीतिक विवादका कारण उक्त योजना अघि बढ्न सकेन। परिणामस्वरूप पेश्की रकमको उपयोग हुन सकेन भने एडीबीले छुट्याएको करिब ३५ करोड रुपैयाँ बराबरको बजेटसमेत फ्रिज भयो ।

जग्गा प्राप्तिमा देखिएको समस्याका कारण अन्य दातृ निकायबाट लगानी जुटाउनसमेत कठिनाइ भइरहेको उपमहानगरपालिकाको भनाइ छ। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेका अनुसार डम्पिङ साइट निर्माणका लागि पटक–पटक जग्गा प्राप्तिको प्रयास गरिए पनि सफल हुन सकेको छैन ।

उनका अनुसार जनकपुरधाम क्षेत्रमा गुठीको जग्गा ठूलो मात्रामा रहेकाले केन्द्रीय गुठी संस्थानसँग जग्गा उपलब्ध गराउन आग्रह गरिएको थियो। तर, जग्गा प्राप्त हुन नसकेपछि स्थायी डम्पिङ साइट निर्माणको योजना अघि बढ्न सकेन। व्यवस्थित डम्पिङ साइट निर्माणका लागि कम्तीमा १० बिघा जग्गा आवश्यक पर्ने घिमिरे बताउँछन् ।

फोहोर विसर्जन मात्रै नभई त्यसको प्रशोधनसमेत गर्नुपर्ने भएकाले पर्याप्त क्षेत्रफलको जग्गा आवश्यक रहेको उनको भनाइ छ। तर, आवश्यक जग्गा उपलब्ध नहुँदा उपमहानगरपालिका तत्कालका लागि भाडाको विकल्पमा निर्भर हुन पुगेको छ ।

उपमहानगरपालिकाको सरसफाइ शाखाका अनुसार जनकपुरधामका विभिन्न वडाबाट दैनिक ठूलो परिमाणमा फोहोर संकलन हुने गरेको छ। टिपर तथा ट्र्याक्टरमार्फत दैनिक करिब ४० देखि ५० टिप फोहोर उठाइन्छ। तर, संकलित फोहोर विसर्जन गर्ने स्थायी ठाउँ नहुँदा सरसफाइ व्यवस्थापनमा कठिनाइ भइरहेको शाखा प्रमुख श्याम ठाकुर बताउँछन् ।

उनका अनुसार पहिले मंगलोहिया पुल आसपास फोहोर विसर्जन गरिन्थ्यो। त्यसपछि सिक्स लेन सडकको दक्षिणतर्फको क्षेत्रमा फोहोर फाल्न थालियो। ती स्थानसमेत भरिएपछि अहिले अर्को ठाउँ खोज्नुपर्ने अवस्था आएको छ ।

स्थायी डम्पिङ साइट निर्माण गर्न नसकेपछि उपमहानगरपालिकाले निजी जग्गा भाडामा लिने प्रक्रिया पुनः अघि बढाएको छ। पहिलोपटक प्रकाशित सूचनामा इच्छुक जग्गाधनीबाट आवेदन नपरेपछि दोस्रोपटक सूचना जारी गर्दै नगर क्षेत्रको फोहोर व्यवस्थापनका लागि जग्गा भाडामा उपलब्ध गराउन प्रस्ताव माग गरिएको छ।

फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले नियमित रूपमा बजेट खर्च गर्दै आएको छ। लेखा अधिकृत खगेन्द्र राईका अनुसार गत आर्थिक वर्षमा नगर सरसफाइका लागि करिब ९० लाख रुपैयाँ खर्च भएको थियो। दसैँ, दीपावली, छठ र विवाहपञ्चमीजस्ता ठूला पर्वका समयमा फोहोरको मात्रा बढ्ने भएकाले वडाहरूलाई थप बजेट उपलब्ध गराउने गरिएको छ ।

नगरमा नियमित रूपमा एक सयभन्दा बढी सफाइकर्मी परिचालित हुने गरेका छन्। दैनिक फोहोर संकलन र सरसफाइमा जनशक्ति तथा बजेट खर्च भइरहे पनि अन्तिम विसर्जनका लागि स्थायी संरचना नहुँदा व्यवस्थापनको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ ।

स्थानीय तह गठन भएयता दुई कार्यकालका जनप्रतिनिधिले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आए पनि स्थायी डम्पिङ साइट निर्माणको योजना अझै कार्यान्वयनमा आउन सकेको छैन। अहिले फेरि भाडाको जग्गा खोज्ने प्रक्रिया सुरु भएको छ। यसले जनकपुरधामको फोहोर व्यवस्थापनमा तत्कालीन समस्या केही कम गर्न सक्ने भए पनि दीर्घकालीन समाधानको प्रश्न भने अझै अनुत्तरित छ ।


प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  ११:००
#मधेस प्रदेश #स्थानीय सरकार #फोहोर व्यवस्थापन #गुठी संस्थान #एडीबी #डम्पिङ साइट #मनोजकुमार साह #: जनकपुरधाम #लालकिशोर साह
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ बिहीबार, असोज २९, २०८३
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP