शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • बारा पूर्वाधार विकास कार्यालयमा तीन वर्ष नपुग्दै १० पटक प्रमुख परिवर्तन
बारा पूर्वाधार विकास कार्यालयमा तीन वर्ष नपुग्दै १० पटक प्रमुख परिवर्तन
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, असोज १७, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेश सरकार अन्तर्गतका पूर्वाधार विकास कार्यालय बारामा कार्यालय स्थापना भएको तीन वर्ष नपुग्दै १० पटक कार्यालय प्रमुख परिवर्तन भएका छन् । छोटो अवधिमै पटक पटक नेतृत्व फेरिँदा जिल्लामा सञ्चालित सडक, पुल तथा भवनलगायतका पूर्वाधार योजनाको कार्यान्वयन र कार्यालयको प्रशासनिक निरन्तरताको कार्य प्रभावित हुँदै आएको छ । 

मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समीरका अनुसार पूर्वाधार विकास कार्यालय बारामा एक महिना नपुग्दै कार्यालय प्रमुख सरुवा हुने गरेकोबारे आफूलाई केही जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई केही दिनदेखि सन्चो छैन । आज यसै विषयमा बैठक रहेकाले यसबारे जानकारी लिन्छु अनि थप जानकारी गराउँछु ।” संयोग पूर्वाधार विकास मन्त्रालयको नेतृत्व बाराको निर्वाचन क्षेत्र नं। ३ ९ख० बाट निर्वाचित समीरले नै गरिराख्नुभएको छ । 

मन्त्रीकै जिल्लामा रहेको विकासनिर्माणसँग प्रत्यक्ष जोडिएको कार्यालयमा नेतृत्व स्थिर हुन नसक्नुले पनि मन्त्रालयको सरुवा व्यवस्थापनबारे बारा जिल्लामा थप चासोको विषय बनाएको छ । यसै गरी भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशका प्रवक्ता प्रवीणप्रताप अधिकारीले गोरखापत्रकर्मीसँग कुरा गर्दै ९ र १० तहको नियमित सरुवा मुख्यमन्त्री कार्यालयबाट हुने गरेको छ तर यसरी बारामा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सरुवा भएको बताउनुभयो ।

यसरी कार्यालय प्रमुख फेरिँदा सञ्चालित विकासनिर्माण कार्य सडक, पुल तथा भवनलगायत प्रभावित हुने गरेको पूर्वाधार विकास कार्यालय बाराका प्रमुख ओमकुमार साहले बताउनुभयो । उहाँका अनुसार कर्मचारी मन्त्रालयको आदेश बमोजिम खटिने हो, जहाँ पठाए पनि कामै गर्ने हो । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

स्थापना भएदेखि नै सरुवा

कलैयामा २०८० कात्तिक २० गते कार्यालय स्थापना हुँदा राजेन्द्र साहलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको थियो । करिब एक वर्ष चार महिना तीन दिनपछि उहाँको सरुवा भयो । त्यसपछि २०८१ फागुन ४ गते ओमकुमार साह कार्यालय प्रमुखका रूपमा हाजिर भए पनि १७ दिनमै उहाँको सरुवा भयो र त्यो ठाउँमा राजेन्द्र साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर पठायो ।

जिम्मेवारी समालेको करिब दुई महिनामै साह नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्का प्रक्रियामा एक करोड ८४ लाख ३८ हजार ४५८ रुपियाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि साह निलम्बनमा पर्नुभएको थियो । त्यसपछि २०८२ जेठ ४ गते रिम्पुकुमारी यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । उहाँले करिब चार महिना मात्रै कार्यालयमा काम गर्नुभयो । त्यसपछि २०८२ असोज ९ गते सञ्जयकुमार यादवलाई जिम्मेवारी दिइए पनि २१ दिनमै सरुवा भयो र सो ठाउँमा पुनः ओमकुमार साहलाई प्रमुख बनाएर पठाइयो ।

साहले करिब पाँच महिना आठ दिन जिम्मेवारी समालेपछि २०८२ चैत ३० गते विशेष अदालतबाट सफाइ पाएका राजेन्द्र साहलाई पुनः निमित्त प्रमुखको जिम्मेवारी दिएर पठाइयो तर २१ दिनमा सरुवा भयो र सो ठाउँमा गत वैशाख २२ गते हेमन्त गाईलाई कार्यालयको जिम्मेवारी दिएको थियो । गाईले जिम्मेवारी समाल्न नसक्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई लिखित जानकारी गराएपछि मन्त्रालयले २०८३ जेठ २५ गते पुनः ओमकुमार साहलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो । 

आर्थिक वर्षको अन्तिम समयमा जिम्मेवारी समालेका साहले विकासनिर्माणका काम अघि बढाइरहेकै अवस्थामा मन्त्रालयले पुनः उहाँलाई हटाउने निर्णय गरेको हो । मन्त्रालयको भदौ २५ गतेको निर्णय अनुसार हाल मन्त्रालयमै निमित्त प्रदेश सचिवका रूपमा कार्यरत सञ्जयप्रसाद साहलाई पूर्वाधार विकास कार्यालय, बाराको जिम्मेवारीमा खटाइएको छ ।

योजना प्रभावित हुने चिन्ता

पूर्वाधार विकास कार्यालयको प्रमुख जिम्मेवारी प्रदेश सरकारका सडक, पुल, भवनलगायतका विकास आयोजना कार्यान्वयन गर्नु हो । एउटा प्रमुखले कार्यालयका योजना, ठेक्का प्रक्रिया, निर्माण व्यवसायी, प्राविधिक अवस्था तथा जिल्लाका विकास प्राथमिकता बुझेर काम अघि बढाउन नपाउँदै सरुवा हुने व्रmमले कार्यालयको संस्थागत निरन्तरता कमजोर हुन सक्ने सरोकारवालाको भनाइ छ ।

विशेष गरी आर्थिक वर्षको अन्त्यतिर कार्यालय प्रमुख परिवर्तन हुँदा निर्माणाधीन योजनाको अनुगमन, कामको मूल्याङ्कन, भुक्तानी प्रक्रिया र नयाँ आवका योजनाको तयारी प्रभावित हुन सक्ने देखिन्छ । कार्यालय प्रमुख परिवर्तन गर्नु प्रशासनिक अधिकार भए पनि त्यसका लागि स्पष्ट मापदण्ड र न्यूनतम कार्य अवधि आवश्यक देखिन्छ । 


प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १२:१४
#मधेश प्रदेश #बारा #विकास निर्माण #कलैया #भौतिक पूर्वाधार विकास मन्त्रालय #पुल निर्माण #विकास आयोजना #पूर्वाधार विकास कार्यालय #सडक आयोजना #कार्यालय प्रमुख सरुवा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ बिहीबार, असोज २९, २०८३
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी बिहीबार, असोज २९, २०८३
बारामा भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
बारामा भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ बिहीबार, असोज २९, २०८३
सप्तरीमा लागुऔषध मुद्दामा रास्वपाका नगरसभापति अली पक्राउ
सप्तरीमा लागुऔषध मुद्दामा रास्वपाका नगरसभापति अली पक्राउ बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP