भारतबाट पर्साको जगरनाथपुर गाउँपालिका हुँदै दैनिक ठूलो परिमाणमा कुखुराका चल्ला अवैध रूपमा नेपाल भित्र्याउने गरिएको आरोप लागेको छ ।
स्थानीयका अनुसार भारतको इनरुवा भन्सार क्षेत्र हुँदै प्रहरीको मिलेमतोमा रातिको समयमा कुखुराका चल्ला तस्करी भइरहेको बताएका छन् । उनिहरूका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका–२, दशौता नाका हुँदै दैनिक औसत १५ हजारको हाराहारीमा कुखुराका चल्ला नेपाल भित्र्याउने गरिएको स्राेतकाे दाबी रहेको छ । विशेषगरी रातिको समयमा मौका छोपेर यस्तो अवैध कारोबार भइरहेको जनाएको छ ।
यस अवैध कारोबारमा कमरोदिन अन्सारी, अदालत मियाँलगायत केही व्यक्तिको संलग्नता रहेको आरोपसमेत लगाएको छ । उनीहरूले प्रहरीसँगको मिलेमतोमा नियमित रूपमा कुखुराका चल्ला नेपाल भित्र्याउने गरेको स्राेतकाे दाबी छ । यता पर्साका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार माेटरसाईकलमा तस्करी हुने गरेको गुनासो अाएकाेमा हामीले कडाईका साथ नियन्त्रण गर्ने दाबी गरेका छन् ।
भिडियाे रिपाेर्ट