सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिआर ३० प १७०३ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटनामा भएको हाे । दुर्घटनामा घाइते भएका ४० वर्षीय चालक अमितकुमार अधिकारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनापछि अधिकारीलाई स्थानीयहरूले उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएका थिए । सामान्य उपचारपछि डाक्टरहरूले थप उपचारका लागि उनलाई काठमाडौं रेफर गरेका थिए । तर ट्रमा सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुमान अनुसार गाडी तीव्र गतिमा रहेको वा प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ । तर, वास्तविक कारण अनुसन्धानपछि मात्रै थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिएका छन् ।
स्थानीय बासिन्दाका अनुसार बेल्ही क्षेत्रको सडकमा हाल दुर्घटनाका घटनाहरू बढ्दै गएका छन् । असावधानी, तीव्र गति र सडकको कमजोर अवस्थाका कारण दुर्घटनाहरू हुने गरेको स्थानीयको गुनासो छ ।