पर्साको वीरगंज महानगरपालिका–२२ बहुअरीस्थित धानखेतबाट प्रहरीले १२ बोरको एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा असोज २६ गते दिउँसो करिब २ः३० बजे प्रहरीले बन्दुक बरामद गरेको हो ।
बहुअरीबाट भलुवाहीतर्फ जाने सार्वजनिक सडकखण्डको पूर्वपट्टि रहेको धानखेतमा प्लास्टिकको बोराभित्र बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।