बीरगंज महानगरपालिका–९, रानीघाटबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा सोमबार राति गरिएको छापामारीका क्रममा उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ९८ हजार रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।