रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार २०८३ असोज २८ गते बिहान १०ः५५ बजे सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको म.प्र. ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको स्कुल बसले बालिकालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।