नवरात्रिको पावन अवसरमा नेपाली कांग्रेसका नेता महम्द सहाबुदिन धार्मिक गतिविधिमा सक्रिय देखिएका छन् । वीरगंज महानगरपालिकाको भावी मेयरका उम्मेदवारका रूपमा चर्चामा रहेका सहाबुदिन वीरगञ्ज महानगरपालिका–२७, उदयपुर घुर्मीस्थित कर्मामाईको प्रातःकालीन आरतीमा सहभागी भएका हुन् ।
आरतीमा सहभागी हुँदै नेता सहाबुदिनले धार्मिक तथा सांस्कृतिक परम्पराले समाजमा प्रेम, भाइचारा, आपसी सद्भाव र सामाजिक एकतालाई मजबुत बनाउने धारणा व्यक्त गरे ।
नेपाली समाजको सुन्दरता धार्मिक सहिष्णुता, आपसी सद्भाव र विविधतामा एकता रहेको उल्लेख गर्दै उनले यस्ता धार्मिक गतिविधिले समाजमा आपसी सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताए ।
नवरात्रिको अवसरमा नेता सहाबुदिनले सम्पूर्ण श्रद्धालु भक्तजनमा शुभकामना व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।