शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #सरकारी वकिल कार्यालय
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • चाडपर्व सुरक्षामा धनुषा प्रहरीको कडाइ, १ हजार २ सय ११ सुरक्षाकर्मी परिचालन; सयभन्दा बढी मोटरसाइकल नियन्त्रणमा | मधेशमा आज | Top 10 Madhesh
चाडपर्व सुरक्षामा धनुषा प्रहरीको कडाइ, १ हजार २ सय ११ सुरक्षाकर्मी परिचालन; सयभन्दा बढी मोटरसाइकल नियन्त्रणमा | मधेशमा आज | Top 10 Madhesh
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज ३०, २०८३
A1 Beakery Add A1 Beakery Add
१. चाडपर्व सुरक्षामा धनुषा प्रहरी सक्रिय, १ हजार २ सय ११ सुरक्षाकर्मी परिचालन

जनकपुरधाम । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषा प्रहरीले जिल्लाभर सुरक्षा निगरानी बढाएको छ । चोरी, लुटपाट, लागुऔषध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले १ हजार २ सय ११ सुरक्षाकर्मी परिचालन गरेको हो ।

विशेष सुरक्षा योजना लागू गर्दै प्रहरीले सडक तथा सार्वजनिक स्थानमा निगरानी बढाएको छ। धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्का आफैँ सडकमा खटिएर सवारीसाधन जाँच तथा सुरक्षा व्यवस्थाको अनुगमन गरिरहेका छन् ।

प्रहरीका अनुसार विशेष सुरक्षा योजना लागू भएको दुई दिनमै चर्को आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरिएका एक सयभन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएका छन् ।

चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी सर्वसाधारणलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।
 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

२. कर्मचारी दरबन्दी १५ प्रतिशत कटौतीको योजनाबीच मधेस प्रदेश लोक सेवा आयोगको विज्ञापन रोकियो

जनकपुरधाम । मधेस प्रदेश लोक सेवा आयोगले अधिकृत सातौँ र आठौँ तहका पदमा भर्नाका लागि विज्ञापन खोल्ने प्रक्रिया हाललाई रोकेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त पदपूर्तिका लागि माग नपठाएपछि निर्धारित समयमा विज्ञापन खुल्न नसकेको हो ।

प्रदेश सरकारअन्तर्गतका विभिन्न निकायमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण जारी रहेकाले कर्मचारी भर्ना प्रक्रिया प्रभावित भएको जनाइएको छ ।

प्रदेश सरकारले कर्मचारी दरबन्दी कम्तीमा १५ प्रतिशत कटौती गर्ने योजना अघि सारेको छ । यसका लागि सरकारी निकायको सङ्गठन संरचना र आवश्यक जनशक्तिबारे अध्ययन भइरहेको छ ।

रिक्त पदपूर्तिको माग प्राप्त नभएकाले लोक सेवा आयोगले विज्ञापन प्रक्रिया अघि बढाउन नसकेको हो । दरबन्दी पुनरावलोकन तथा सङ्गठन संरचनाको अध्ययनपछि कर्मचारी भर्नासम्बन्धी प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय स्पष्ट हुन बाँकी छ ।

 

३. नापजाँचको ११ वर्षपछि धनुषाका २३३ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि लालपुर्जा प्राप्त गरेका छन् । साविक झोझी कटैया गाविसका वडा नम्बर १ देखि ९ सम्म बसोबास गर्दै आएका परिवारले लामो प्रतीक्षापछि जग्गाको कानुनी स्वामित्व पाएका हुन् ।

२०७२ सालमै जग्गाको नापजाँच सम्पन्न भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो ।

लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणपत्रको प्रतीक्षामा रहेका परिवारलाई नापी कार्यालय धनौजीले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो ।

लालपुर्जा प्राप्त भएपछि सम्बन्धित परिवारलाई आफ्नो जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्न सहज हुने अपेक्षा गरिएको छ । वर्षौँदेखि रोकिएको प्रक्रिया पूरा भएसँगै स्थानीय परिवारको लामो प्रतीक्षा अन्त्य भएको छ ।

 

४. पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री हटाउन स्थानीयको माग

पर्सा । पर्साको पकाहामैनपुर गाउँपालिका–२, मधुवनीमा नाला निर्माणका क्रममा सडक अवरुद्ध भएपछि स्थानीयवासीले आवागमन सहज बनाउन माग गरेका छन् ।

पूर्वाधार विकास कार्यालयको बजेटमा भइरहेको निर्माणका क्रममा सडकमा माटो, गिट्टी, बालुवा तथा मेसिन राखिँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीयको गुनासो छ ।

स्थानीय चन्द्रिकाप्रसाद पटेलसहितका बासिन्दाले निर्माण सामग्री हटाएर आवागमन सहज बनाउन माग गरेका छन्। निर्माणका क्रममा लापरबाही भएको भए छानबिन गर्नसमेत माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दिएका छन् ।

स्थानीयवासीले निर्माण कार्य व्यवस्थित ढङ्गले अघि बढाउन र सडकमा थुपारिएका सामग्री तथा मेसिन हटाएर सर्वसाधारणको आवागमन सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

 

५. मधेस प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक पुल’ कार्यक्रम अघि बढाइँदै

जनकपुरधाम । मधेस प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक पुल’ कार्यक्रम अघि बढाइएको छ। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समिरको पहलमा पुल निर्माणसम्बन्धी कार्यक्रम अघि बढाइएको हो ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका मन्त्री समिरले आफ्नो निर्वाचन क्षेत्रसहित प्रदेशका विभिन्न स्थानमा पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् ।

कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा पुल निर्माणलाई प्राथमिकतामा राख्ने योजना अघि सारिएको जनाइएको छ । पुल निर्माणबाट स्थानीय बासिन्दाको आवागमन सहज बनाउने तथा पूर्वाधार विकासलाई गति दिने अपेक्षा गरिएको छ ।

यद्यपि, कार्यक्रमअन्तर्गत निर्माण हुने पुलको सङ्ख्या, बजेट, स्थान र निर्माण कार्यतालिकाबारे विस्तृत विवरण उपलब्ध छैन ।

 

६. सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुई पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ

सर्लाही । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सर्लाहीमा पेस्तोल तथा गोलीसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भनिने बाबु थापा रहेका छन्।

प्रहरीका अनुसार थापालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो। उनको साथबाट दुई थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका थापालाई पक्राउ गरेपछि उनीसँगबाट बरामद भएका हतियार तथा गोलीबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

७. पर्साका दुई सीमा क्षेत्रबाट १४ लाख २५ हजार ५०० रुपैयाँका अवैध सामान बरामद

वीरगंज । पर्साका दुई सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एकै दिन १४ लाख २५ हजार ५०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार वीरगंज महानगरपालिका–२५, खल्वा सीमा क्षेत्रमा धान खेतभित्र लुकाएर राखिएका १३ लाख ४५ हजार ५०० रुपैयाँ बराबरका विभिन्न औषधि बरामद गरिएको हो ।

त्यस्तै, छिपहरमाई गाउँपालिका–५, भिष्वा सीमा क्षेत्रबाट भारतबाट भन्सार छली ल्याइँदै गरेका ८० हजार रुपैयाँ बराबरका जुत्ता, चप्पल तथा प्लास्टिकका खेलौना नियन्त्रणमा लिइएको छ ।

दुवै स्थानबाट बरामद गरिएका सामानको कुल मूल्य १४ लाख २५ हजार ५०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०६:००
#मधेस प्रदेश #सशस्त्र प्रहरी #धनुषा प्रहरी #वीरगंज सिटी #सुरक्षाकर्मी परिचालन #पेस्तोल बरामद #अवैध सामान बरामद #सर्लाही प्रहरी #फरार प्रतिवादी पक्राउ #लोक सेवा आयोग #पर्सा भन्सार #चाडपर्व सुरक्षा #स्ववासी परिवार #मधेस आज #स्वरूप परिवर्तन गरिएका मोटरसाइकल #धनुषा लालपुर्जा #लोक सेवा विज्ञापन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मौरीघार हटाउन प्रशासनको २४ घण्टे अल्टिमेटम, किसान चिन्तित
मौरीघार हटाउन प्रशासनको २४ घण्टे अल्टिमेटम, किसान चिन्तित बिहीबार, असोज २९, २०८३
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी बिहीबार, असोज २९, २०८३
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी वीरगंज सिटी
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP