शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Chhath Banner
Chhath Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
धर्म संस्कृति
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • मधेसका आठवटै जिल्लामा छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालु घाटमा पुग्दै
मधेसका आठवटै जिल्लामा छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालु घाटमा पुग्दै
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, कात्तिक २९, २०८३
A1 Beakery Add A1 Beakery Add

लोकआस्था, श्रद्धा, भक्ति र सामाजिक सद्भावको महापर्व छठ मधेस प्रदेशको राजधानी जनकपुरधामसहित प्रदेशका आठवटै जिल्लामा धूमधामका साथ मनाइँदैछ । छठ पर्वको मुख्य दिन आज आइतबार साँझ व्रतालुहरूले विभिन्न नदी, पोखरी, तलाउ तथा जलाशयका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दैछन् ।

चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वअन्तर्गत शुक्रबार नहाय–खाय र शनिबार खरना विधि सम्पन्न भएको थियो । खरना विधि सम्पन्न गरेपछि व्रतालुहरू करिब ३६ घण्टासम्म निर्जल उपवासमा बसेका छन् ।

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर छठी माताको पूजा आराधना, भजनकीर्तन तथा जाग्राम बसेर भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि छठ पर्वको विधिवत् समापन हुनेछ ।

पर्सामा छठ घाटमा विशेष तयारी

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पर्साको वीरगञ्ज महानगरपालिकासहित जिल्लाका विभिन्न स्थानमा छठ पर्वको रौनक छाएको छ । वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाट, नगवा, मुर्ली, श्रीपुरलगायतका घाटमा सरसफाइ, सजावट र प्रकाशको व्यवस्था गरिएको छ ।

छठ पूजा व्यवस्थापन समिति, स्थानीय युवा क्लब तथा स्थानीयवासीहरू घाट व्यवस्थापनमा जुटेका छन् । श्रद्धालुहरूको सुविधाका लागि विभिन्न स्थानमा टेन्ट, बत्ती र पूजाका सामग्री राख्ने व्यवस्था मिलाइएको छ । छठ घाटमा शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

धनुषामा छठ घाटमा श्रद्धालुको तयारी

धनुषाका जनकपुरधाम, धनुषाधाम, क्षिरेश्वरनाथ, मिथिला, सबैला, नगराइन, विदेह तथा अन्य स्थानीय तहमा छठ पर्वको रौनक छाएको छ ।

जिल्लाका नदी, पोखरी तथा जलाशयका किनारमा घाट निर्माण र सजावट गरिएको छ । विशेषगरी जनकपुरधामका धार्मिक पोखरीहरूमा श्रद्धालुको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ । पूजा व्यवस्थापन समितिहरूले भीड नियन्त्रण, सरसफाइ र सुरक्षाका लागि आवश्यक तयारी गरेका छन् ।

बारामा पनि छठको उल्लास

बाराका कलैया, सिमरा, जितपुर, निजगढ, कोल्हवी, महागढीमाईलगायतका क्षेत्रमा छठ पर्वको तयारी पूरा भएको छ । स्थानीय नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा घाट निर्माण र सरसफाइ गरिएको छ ।

व्रतालु तथा श्रद्धालुहरू पूजाका सामग्री तयार पार्दै घाटमा जाने तयारीमा जुटेका छन् । स्थानीयवासीले सामूहिक रूपमा घाट सजावट र व्यवस्थापन गरेका छन् ।

रौतहटका नदी तथा पोखरीमा छठको चहलपहल

रौतहटका गौर, गरुडा, चन्द्रपुर, कटहरिया, मौलापुरलगायतका स्थानमा छठ पर्वको विशेष चहलपहल देखिएको छ । बागमती नदी, स्थानीय पोखरी तथा जलाशयका किनारमा छठ घाट तयार पारिएको छ ।

व्रतालुहरूले केरा, नरिवल, उखु, अदुवा, सुथुनी, मुला, ठेकुवा, भुसुवालगायतका प्रसाद तयार पारेका छन् । स्थानीय स्तरमा घाटको सरसफाइ, सजावट र बत्तीको व्यवस्थापन गरिएको छ ।

सर्लाहीमा छठ घाट तयार

सर्लाहीका मलंगवा, लालबन्दी, हरिपुर, हरिवन, ईश्वरपुर, बरहथवा तथा अन्य स्थानीय तहमा छठ पर्वको उल्लास छाएको छ ।

जिल्लाका विभिन्न खोला, पोखरी, नहर तथा जलाशयका किनारमा छठ घाट निर्माण गरिएको छ । लालबन्दी नगरपालिका–७ स्थित डुमडुमे मन्दिर परिसरको पोखरीमा सरसफाइ गरी टेन्ट र अन्य आवश्यक व्यवस्था मिलाइएको छ ।

त्यस्तै, हरिपुर नगरपालिका–७ चिताइनस्थित लक्ष्मीनाथ महादेव मन्दिर परिसरमा पनि छठ पूजाको तयारी पूरा भएको छ । व्रतालुहरू परिवारका सदस्यसँगै पूजाका सामग्री बोकेर घाट पुग्ने तयारीमा छन् ।

महोत्तरीमा केराको व्यापार बढ्यो

महोत्तरीका जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, सम्सी, रामगोपालपुरलगायतका क्षेत्रमा छठ पर्वको रौनक बढेको छ । जिल्लाका विभिन्न नदी, पोखरी तथा जलाशयमा घाट सजाइएको छ ।

छठ पर्वमा केरालाई प्रमुख प्रसादका रूपमा चढाउने धार्मिक परम्पराका कारण जिल्लामा केराको व्यापारसमेत बढेको छ ।

सम्सी गाउँपालिका–५ गैढाभेटपुरमा व्यावसायिक फलफूल खेती गर्दै आएको वैष्णोदेवी फार्मका सञ्चालक रामध्यान मण्डलले करिब १० बिघा जग्गामा केरा खेती गरेकोमा छठका लागि तीन बिघाको केरा बिक्री गरिसकेको बताएका छन् ।

त्यस्तै, औरही बजारमा यस वर्ष छठ पर्वलाई लक्षित गरी करिब ७२ ट्रक केरा भित्रिएको व्यवसायी नीरज साहले जानकारी दिएका छन् । स्थानीय व्यवसायीका अनुसार यस वर्ष केराको मूल्यमा समेत वृद्धि भएको छ ।

सिरहामा गाउँदेखि सहरसम्म छठको उत्साह

सिरहाका सिरहा नगरपालिका, लहान, गोलबजार, मिर्चैया, धनगढीमाई, सुखीपुरलगायतका क्षेत्रमा छठ पर्वको उल्लास देखिएको छ ।

स्थानीय नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा घाट सजाइएको छ । व्रतालुहरूले पूजाका लागि केरा, उखु, नरिवल, स्याउ, सुन्तला, अदुवा, मुला, सुथुनी तथा परम्परागत प्रसाद तयार पारेका छन् । स्थानीय युवा तथा छठ पूजा समितिहरूले घाट व्यवस्थापनमा सक्रियता देखाएका छन् ।

सप्तरीमा छठको धार्मिक रौनक

सप्तरीका राजविराज, कञ्चनरूप, हनुमाननगर कंकालिनी, शम्भुनाथ, बोदेबर्साइन, खडक तथा अन्य स्थानीय तहमा छठ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

राजविराज नगरपालिकासहित जिल्लाका विभिन्न गाउँ तथा बस्तीमा छठ घाटको सरसफाइ, सजावट र प्रकाशको व्यवस्था गरिएको छ । स्थानीयवासीहरू सामूहिक रूपमा नदी तथा पोखरीका किनार व्यवस्थित गर्न र घाट सजाउन जुटेका छन् ।

राजविराजका विभिन्न जलाशयमा रङ्गीन बत्ती तथा आकर्षक सजावट गरिएको छ । व्रतालुहरू परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको दीर्घायुको कामना गर्दै सूर्यदेव तथा छठी माताको आराधनामा जुटेका छन् ।

प्रकृति, आस्था र सामाजिक सद्भावको पर्व

छठ पर्वमा बाँसबाट निर्मित सुप, सुपुली तथा ढाकीमा केरा, नरिवल, उखु, स्याउ, सुन्तला, अदुवा, बेसार, मुला, सुथुनी, ठेकुवा, भुसुवा र कसारलगायतका प्रसाद सजाएर घाटमा लैजाने परम्परा छ ।

आज साँझ व्रतालुहरूले जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई दूध र जलसहित अर्घ्य अर्पण गर्नेछन् । भोलि बिहान पुनः घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्नेछन् ।

सूर्यदेव र छठी माताको उपासना गरिने यस पर्वले प्रकृति, जल, वातावरण तथा मानव जीवनबीचको सम्बन्धलाई समेत उजागर गर्छ । जातजाति, धर्म, वर्ग र समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यको सन्देश दिने छठ पर्व पछिल्लो समय मधेसमा मात्र सीमित नरही काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा समेत लोकप्रिय बन्दै गएको छ ।

मधेस प्रदेशका आठवटै जिल्लामा छठ पर्वका अवसरमा देखिएको उत्साहले धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको सुन्दर झलक प्रस्तुत गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १५:००
#मधेस प्रदेश #सर्लाही #बारा #धनुषा #महोत्तरी #पर्सा #सप्तरी #वीरगञ्ज #जनकपुरधाम #सिरहा #रौतहट #छठ पर्व #छठ पूजा #छठ घाट #अस्ताउँदो सूर्य
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप धर्म संस्कृति
छठलाई क्षेत्रीय पर्वमा सीमित नगरौँ, राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान दिनुपर्छ : प्रभु साह
छठलाई क्षेत्रीय पर्वमा सीमित नगरौँ, राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान दिनुपर्छ : प्रभु साह आइतबार, कात्तिक २९, २०८३
मधेश प्रदेशमा आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरू घाटमा पुग्दै
मधेश प्रदेशमा आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरू घाटमा पुग्दै आइतबार, कात्तिक २९, २०८३
छठमा बाँसको दौराको परम्परा हराउँदै, पित्तलका सामग्रीप्रति बढ्दै आकर्षण (भिडियो रिपोर्ट सहित)
छठमा बाँसको दौराको परम्परा हराउँदै, पित्तलका सामग्रीप्रति बढ्दै आकर्षण (भिडियो रिपोर्ट सहित) शुक्रबार, कात्तिक २७, २०८३
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित)
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक २६, २०८३
श्रद्धा र आस्थाको पर्व छठ सुरु, आज व्रतालुले नहाय–खाय मनाउँदै
श्रद्धा र आस्थाको पर्व छठ सुरु, आज व्रतालुले नहाय–खाय मनाउँदै बिहीबार, कात्तिक २६, २०८३
गोधन कुटाई (गोवर्धन पूजा) : तराई–मधेसको मौलिक परम्परा, छठ पर्वको तयारी सुरु (भिडियो रिपोर्ट सहित)
गोधन कुटाई (गोवर्धन पूजा) : तराई–मधेसको मौलिक परम्परा, छठ पर्वको तयारी सुरु (भिडियो रिपोर्ट सहित) बुधबार, कात्तिक २५, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण वीरगंज सिटी
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
छठ पर्वमा पटका र आतिसबाजी नगर्न पर्सा प्रशासनको आग्रह, उल्लङ्घन गरे कारबाही हुने
छठ पर्वमा पटका र आतिसबाजी नगर्न पर्सा प्रशासनको आग्रह, उल्लङ्घन गरे कारबाही हुने वीरगंज सिटी
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित)
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित)
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
१०औँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशले सुरु गर्‍यो खेलाडी छनोट प्रतियोगिता
१०औँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशले सुरु गर्‍यो खेलाडी छनोट प्रतियोगिता वीरगंज सिटी
टस जितेको जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने
टस जितेको जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP