पर्सा प्रहरीले गण्डकस्थित कलार्क रिसोर्टमा सञ्चालित गाेल्डेन फिगर क्यासिनोबाट क्यासिनो खेल्दै गर्दा चारजना नेपालीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्राैनगढ नगरपालिका वडा नम्बर ४ का ५० वर्षिय रामचन्द्र साह, बारा प्रसाैनी गाउँपालिका वडा नम्बर १ बस्ने ४७ वर्षिय सुवास कुमार वडा नम्बर ३ बस्ने अच्छेलाल प्रसाद र राैतहटकाे बाैधिमाई नगरपालिका वडा नम्बर ९ का सुमेश्वर जैसवाल रहेका छन् । त्यसैगरी पर्सा प्रहरीले छापामारीका क्रममा गाेल्डेन फिगरका एकजना कर्मचारी बारा परवानिपुर गाउँपालिकाका सुनिल पटेललाई पक्राउ गरेको हाे ।
प्रहरीका अनुसार क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनिहरूकाे साथबाट नगद, क्वाईन, माेबाईल सहितका सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त क्यासिनोबाट यसअघि पनि नेपाली नागरिक पक्राउ परिसकेका छन् । पटक–पटक नेपाली नागरिक क्यासिनोमा जुवा खेलिरहेको भएपनि पर्सामा यस्ता क्यासिनोहरूमा कुनै कार्वाही भएको भने देखिन्न ।