शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
  • #हुण्डी कारोबार
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #सरकारी वकिल कार्यालय
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • रौतहटमा असोज महिनामा ९६ अपराधका घटना दर्ता, ६८ सवारी दुर्घटना
रौतहटमा असोज महिनामा ९६ अपराधका घटना दर्ता, ६८ सवारी दुर्घटना
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, कात्तिक ४, २०८३
A1 Beakery Add A1 Beakery Add

रौतहटमा २०८३ साल असोज महिनामा विभिन्न प्रकृतिका ९६ वटा अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्याङ्कमा असोज महिनाको अवधिमा १७ वटा गम्भीर प्रकृतिका घटनासहित उक्त आपराधिक घटना भएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालका  अनुसार असोज महिनामा ज्यानसम्बन्धी आठ, आत्महत्यासम्बन्धी १०, चोरीसम्बन्धी १६, सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी २३, सामाजिक अपराधसम्बन्धी १६, महिला तथा बालबालिकासम्बन्धी आठ, सवारी ज्यानसम्बन्धी छ र अन्य प्रकृतिका ९ वटा घटना दर्ता भएका छन् ।सो अवधिमा जिल्ला प्रशासन कार्यालयबाट समेत गरी कुल ३८९ ठाडो उजुरी परेको थियो। सो मध्ये ३४२ उजुरीको छलफलको माध्यमले फर्छ्यौट भएको र ४७ वटा उजुरी प्रक्रियामा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ५५ वटा उजुरी परेको र अधिकांश फर्छ्यौट भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको मासिक प्रगति विवरणअनुसार एक महिनाको अवधिमा चालु मुद्दाका ५९ जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनका क्रममा थप ५४ जना पक्राउ परेका छन् । त्यस्तै अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी २८ वटा उजुरी परेको तथा सो बारे अनुसन्धान जारी रहेको छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

फैसला कार्यान्वयनतर्फ पक्राउ परेकाहरूबाट आठ वर्ष तीन महिना २० दिन कैद तथा ५८ लाख ८१ हजार १५० रुपैयाँ जरिवाना कार्यान्वयन गर्नुपर्ने विवरणमा उल्लेख छ ।

प्रहरीले लागुऔषधसम्बन्धी चार वटा मुद्दा दर्ता गरी पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट पाँच किलो १६५ ग्राम गाँजासहित विभिन्न प्रकारका नशालु इन्जेक्सन १४७ एम्पुल,लागुऔषध तथा प्रतिबन्धित ३४६  ट्याब्लेट बरामद गरिएको छ । यस्तै, परोहा नगरपालिका–८ पटेल चोकबाट १२ बोरको कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

असोज महिनामा जिल्लाभर ६८ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ९३ जना घाइते भएका छन् ।ट्राफिक नियम उल्लङ्घन गर्ने ६७४ वटा सवारीसाधनलाई कारबाही गरी ७ लाख १४ हजार ५०० रुपैयाँ जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापामगरले बताएका छन्। सो मध्ये चालकको कारण ४३ , पैदल यात्रीको कारण २३ र २ अन्य कारण गरी ६८ सवारी दुर्घटना भएको इन्स्पेक्टर थापामगरले जानकारी दिएका छन्।

यस अवधिमा विभिन्न विपद्का २७ वटा घटना भएका छन् । ती घटनामा चार जनाको मृत्यु र सात जना घाइते भएका छन् । आगलागी, हावाहुरी तथा चौपाया क्षतिसमेत गरी कुल ५९ लाख २२ हजार ७७८ रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा १४ लाख ८८ हजार ५४५ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । सो क्रममा ६ जना तस्कर पक्राउ गर्नुका साथै तस्करीमा प्रयोग भएको ३ थान सवारी साधन बरामद भएको उल्लेख गरिएको छ।

वन पैदावार नियन्त्रणतर्फ ८१ घनफिट काठसहित सवारीसाधन बरामद गरी तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, नागरिकको मोबाइल बैंकिङ विवरण दुरुपयोग गरी रकम चोरी गर्ने आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले हराएका तथा चोरी भएका २३ वटा मोबाइलसमेत फेला पारेर सम्बन्धित धनीलाई बुझाएको जनाएको छ ।

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लामा ८९० जना प्रहरी परिचालन हुने गरी विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको छ । समुदाय केन्द्रित ८८ वटा सचेतनामूलक कार्यक्रममार्फत एक हजार ६७५ जनालाई लाभान्वित गराइएको विवरणमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयन तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखेर प्रहरी गतिविधि सञ्चालन गरिएको उल्लेख छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  १३:१६
#मधेश प्रदेश #सवारी दुर्घटना #मिटरब्याज #अपराध #ट्राफिक प्रहरी #तस्करी नियन्त्रण #रौतहट #शान्ति सुरक्षा #लागुऔषध #रौतहट प्रहरी #आपराधिक घटना
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता बुधबार, कात्तिक ४, २०८३
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला बुधबार, कात्तिक ४, २०८३
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन बुधबार, कात्तिक ४, २०८३
बाराको सिमरामा आतंक मच्चाउने कुकुर नियन्त्रणमा, समात्ने क्रममा वडाध्यक्षसमेत घाइते
बाराको सिमरामा आतंक मच्चाउने कुकुर नियन्त्रणमा, समात्ने क्रममा वडाध्यक्षसमेत घाइते मंगलबार, कात्तिक ३, २०८३
कमला–ढल्केबर–पथलैया सडक विस्तार सुस्त, ६८ प्रतिशत समय बित्दा ३० प्रतिशत मात्रै काम सम्पन्न
कमला–ढल्केबर–पथलैया सडक विस्तार सुस्त, ६८ प्रतिशत समय बित्दा ३० प्रतिशत मात्रै काम सम्पन्न मंगलबार, कात्तिक ३, २०८३
टोकाहा कुकुरको आतंक, महिला र बालबालिकासहित तीन जना घाइते
टोकाहा कुकुरको आतंक, महिला र बालबालिकासहित तीन जना घाइते सोमबार, कात्तिक २, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ वीरगंज सिटी
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
वीरगंज–२२ जगन्नाथपुरमा सडकभरि फोहोर, मेला सकिँदा पनि भएन सफाइ
वीरगंज–२२ जगन्नाथपुरमा सडकभरि फोहोर, मेला सकिँदा पनि भएन सफाइ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने
एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने वीरगंज सिटी
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ?
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ? वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद वीरगंज सिटी
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP