शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
  • #हुण्डी कारोबार
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #सरकारी वकिल कार्यालय
यहाँ खोज्नुहोस्
your add here your add here
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म, व्यस्त बन्दै त्रिवि मैदान
राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म, व्यस्त बन्दै त्रिवि मैदान
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, कात्तिक ५, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाली क्रिकेटको केन्द्र मानिने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान आगामी ६ महिना घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले व्यस्त रहने भएको छ ।

नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणदेखि आईसीसी यू–१९ महिला टी–२० विश्वकपसम्मका प्रतियोगिता आयोजना हुने तालिकाले मैदानमा क्रिकेटको चहलपहल बढाउने भएको हो । यस अवधिमा एनपीएल, आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ, यू–१९ महिला टी–२० विश्वकप तथा नेपाल र बंगलादेशबीचको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलालगायत प्रतियोगिता आयोजना गर्ने तयारी छ । यी प्रतियोगिताले नेपाली क्रिकेटलाई घरेलु प्रतिस्पर्धादेखि अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछन् । विशेषगरी सन् २०२७ मा नेपालले आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हुनेछ । विश्वकपका केही खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समेत सञ्चालन हुनेछन् ।

एनपीएलबाट सुरु हुनेछ व्यस्त तालिका

त्रिवि क्रिकेट मैदानमा प्रतियोगिताको व्यस्त तालिका कात्तिक ९ गतेदेखि सुरु हुनेछ । नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा मंसिर ५ गतेसम्म नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करण सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलको व्यावसायिक र प्राविधिक पक्षमा थप सुधार गर्ने प्रयास गरिएको छ । यसपटक विदेशी स्टार खेलाडीको सहभागिता बढ्नुका साथै प्रतियोगितामा अत्याधुनिक प्रविधिको प्रयोगसमेत गरिनेछ । एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० बाट मान्यता पाएको छ । प्रतियोगिताका खेलले आधिकारिक टी–२० मान्यता प्राप्त गर्नेछन् ।

यस संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली ९डीआरएस० प्रयोग गर्ने तयारी गरिएको छ । क्यानका अनुसार एलबीडब्लुका निर्णय पुनरावलोकन गर्न पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ । त्यस्तै, रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयमा पनि पुनरावलोकनको व्यवस्था हुनेछ ।

प्रविधिको प्रयोगमार्फत ब्याटमा बल लागेको छ वा छैन भन्ने पहिचान, हाइटसम्बन्धी वाइडको विश्लेषण, छक्काको दूरी र उचाइ मापन तथा बलिङसम्बन्धी अन्य तथ्याङ्कसमेत उपलब्ध गराइनेछ ।

एनपीएलले नेपाली खेलाडीलाई विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै घरेलु क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

डिसेम्बरमा विश्वकप छनोट प्लेअफ

एनपीएल सकिएपछि त्रिवि क्रिकेट मैदानमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ आयोजना हुनेछ । डिसेम्बर ४ देखि २१ अर्थात् मंसिर १८ देखि पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी हुने तालिका छ ।

विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोलीले प्लेअफ खेल्नेछन् । प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

यस प्रतियोगितामा नेपालसहित क्यानडा, संयुक्त अरब इमिरेट्स ९यूएई०, जर्सी, इटाली, युगान्डा तथा कुवेत र नामिबिया सम्भावित सहभागीका रूपमा उल्लेख गरिएका छन् ।

घरेलु मैदानमा आयोजना हुने यस प्रतियोगितामा नेपालका लागि विश्वकप छनोटको बाटो सहज बनाउने अवसर हुनेछ । अन्य सहभागी टोलीले पनि शीर्ष चारमा स्थान सुरक्षित गर्दै विश्वकप छनोटमा पुग्ने लक्ष्य राख्नेछन् ।

यू–१९ महिला टी–२० विश्वकप मुख्य आकर्षण

आगामी ६ महिनाको तालिकामा सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिताका रूपमा आईसीसी यू–१९ महिला टी–२० विश्वकप रहनेछ । सन् २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ अर्थात् माघ ७ देखि २३ गतेसम्म आयोजना हुने प्रतियोगिताका खेल नेपालका दुई मैदानमा सञ्चालन हुने तालिका छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा आयोजना हुनेछन् । ती खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । जसमध्ये त्रिवि मैदानमा सात खेल हुनेछन् ।

निर्धारित तालिकाअनुसार माघ ८, १०, १२ र १३ गते त्रिवि मैदानमा विश्वकपका खेल सञ्चालन हुनेछन् ।

विश्वकप आयोजनाका लागि त्रिवि क्रिकेट मैदानमा लामो समयदेखि तयारी भइरहेको छ । यस क्रममा आईसीसीका प्रतिनिधिहरूले समेत मैदानको निरीक्षण गरेका छन् ।

विश्वकपमा विभिन्न देशका युवा महिला टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा यस स्तरको प्रतियोगिता आयोजना हुनुले महिला क्रिकेटको विकास, खेलाडीको अनुभव वृद्धि तथा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिचान विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला

नेपालको क्रिकेट तालिकामा बंगलादेशसँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलासमेत समावेश छ । निर्धारित कार्यक्रमअनुसार सन् २०२७ मार्च २६ देखि ३० अर्थात् चैत १२ देखि १६ गतेसम्म नेपाल र बंगलादेशबीच शृङ्खला आयोजना गर्ने योजना छ ।

यस शृङ्खलाले नेपाली राष्ट्रिय टोलीलाई बलियो अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ । साथै, घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल आयोजना हुँदा नेपाली समर्थकले राष्ट्रिय टोलीको खेल प्रत्यक्ष हेर्न पाउनेछन् ।

यता, मंसिरमा आयोजना गर्ने तयारी गरिएको नेपाल र भारत ‘ए’ टोलीबीचको टी–२० शृङ्खला भने विश्वकप छनोट प्लेअफसँग तालिका जुधेपछि स्थगित भएको छ । उक्त शृङ्खलाको नयाँ मिति छिट्टै घोषणा गर्ने बताइएको छ ।

पुस ६ गते विश्वकप छनोट प्लेअफ सकिएपछि माघ ७ गते यू–१९ महिला विश्वकप सुरु हुनुअघिसम्मको अवधिमा अन्य प्रतियोगिता आयोजना गर्ने सम्भावना पनि छ । यस अवधिमा भारत ‘ए’ सँगको स्थगित शृङ्खला सञ्चालन गर्न क्यानले पहल गर्न सक्ने अनुमान गरिएको छ ।

नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण अवसर

एनपीएल, विश्वकप छनोट प्लेअफ, यू–१९ महिला टी–२० विश्वकप र बंगलादेशसँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाले आगामी महिनाहरूमा त्रिवि क्रिकेट मैदानलाई व्यस्त बनाउनेछन् ।

यी प्रतियोगिताले नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव दिलाउनुका साथै नेपालमा क्रिकेटको लोकप्रियता बढाउन र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्षमताको प्रदर्शन गर्न सहयोग पुर्‍याउनेछन् ।

नेपालले आयोजना गर्न लागेको यू–१९ महिला टी–२० विश्वकप विशेष महत्त्वको प्रतियोगिता हुनेछ । यसले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा थप चिनाउने अवसर प्रदान गर्नेछ ।

यसरी घरेलु फ्रेन्चाइज क्रिकेटदेखि विश्वकप छनोट र अन्तर्राष्ट्रिय शृङ्खलासम्मका प्रतियोगिताका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आगामी ६ महिनासम्म नेपाली क्रिकेट गतिविधिको प्रमुख केन्द्रका रूपमा रहनेछ ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३  १२:३४
#नेपाली क्रिकेट #नेपाल क्रिकेट संघ #नेपाल प्रिमियर लिग #एनपीएल #महिला क्रिकेट #त्रिवि क्रिकेट मैदान #क्यान #अन्तर्राष्ट्रिय क्रिकेट #आईसीसी विश्वकप छनोट #नेपाली राष्ट्रिय क्रिकेट टोली #कीर्तिपुर क्रिकेट मैदान #यू–१९ महिला टी–२० विश्वकप #बंगलादेशसँग टी–२० शृङ्खला
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप खेलकुद
एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने
एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने मंगलबार, कात्तिक ३, २०८३
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ?
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ? आइतबार, कात्तिक १, २०८३
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित)
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित) आइतबार, कात्तिक १, २०८३
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा शुक्रबार, असोज ३०, २०८३
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा शुक्रबार, असोज ३०, २०८३
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ वीरगंज सिटी
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
वीरगंज–२२ जगन्नाथपुरमा सडकभरि फोहोर, मेला सकिँदा पनि भएन सफाइ
वीरगंज–२२ जगन्नाथपुरमा सडकभरि फोहोर, मेला सकिँदा पनि भएन सफाइ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म, व्यस्त बन्दै त्रिवि मैदान
राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म, व्यस्त बन्दै त्रिवि मैदान वीरगंज सिटी
एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने
एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन वीरगंज सिटी
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP