उच्च अदालतको पुनरावेदनको आधारमा पक्राउ परेका पोखरिया नगरपालिकाका पूर्व प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव रिहा भएका छन् ।
बुधवार बिहान पक्राउ परेका श्रीवास्तव र बिन्दवासिनी गाउँपालिका ईटियाही टोलका अजित कुमार चौरसिया बिहीवार साझ रिहा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उच्च अदालतको पुनरावेदनको आधारमा ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धानका लागी पक्राउ गरेर ५ दिनको म्याद लिएकाे प्रहरीले अनुसन्धानपछि दुवैजनालाई विहिवार रिहा गरेकाे हाे ।
दुवै पक्षका फरक फरक दाबी
पूर्व प्रशासकीय अधिकृत श्रीवास्तव र चौरसियाका अनुसार, बिन्दवासिनी गाउँपालिकामा भएको सामान्य विवादलाई अतिरञ्जित गर्दै छुरा प्रहार भएको विवरण अदालतमा पेश गरेर आफुहरूलाई फसाएकाे आरोप लगाएका छन् । उनीहरूका अनुसार बिन्दबासिनी गाउँपालिकामा भएको सामान्य घरेलु विवादलाई अतिरञ्जित गर्दै छुरा प्रहार भएको विवरण अदालतमा पेश गरेर ज्यान मार्ने उधाेगमा पुनरावेदनकाे अधारमा आफुहरूलाई पक्राउ गराइएकाे थियाे ।
तर यता पत्रकार रञ्जित चौरसियाले भने, “पोखरिया नगरपालिकाका विषयमा लेखिएको समाचारका कारण प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवले २०८० चैतमा मेरो विरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएका थिए ।” त्यसपछि श्रीवास्तवसहित पत्रकार हरिशंकर शर्मा, अरुण कुश्वाहा, अजित चौरसिया, रञ्जित पण्डित समेतले विद्युतीय अपराधसम्बन्धी मुद्दा जिल्ला अदालत पर्सामा दर्ता गराएका थिए ।
पत्रकार चौरसियाका अनुसार यतिले नपुगेर गतवर्ष २०८१ साल वैशाख ३१ गते उनका बुबा सुवास प्रसाद चौरसियामाथि भएको कुटपिट र छुरा प्रहारको घटनालाई प्रहरीले बेवास्ता गरेपछि उच्च अदालत जनकपुरको अस्थायी इजलासमा परमादेश माग गर्दै निवेदन दिएका थिए । अदालतको आदेशपछि पर्सा प्रहरीले अनुसन्धान अघि बढाएर अजय श्रीवास्तव र अजित चौरसियालाई पक्राउ गरेको थियो ।
यता जिल्ला अदालतमा रहेकाे गाली बेइज्जती र विद्युतीय अपराध सम्बन्धीकाे मुद्दामा दावी नपुगेको भन्दै जिल्ला अदालत पर्साले २०८२ साल वैशाख २१ गते पत्रकार चौरसियाको पक्षमा फैसला गरिसकेको छ ।
पत्रकार चौरसियाका बाबुको हकमा उच्च अदालतमा दिएकाे पुनरावेदनकाे आधारमा पर्सा प्रहरीले पक्राउ गरी अनुसन्धानकाे क्रममा पक्राउ गरी रिहा गरेकाे छ । समाचारकाे विषयबाट सुरु भएकाे विवाद अहिले एक अर्कालाई मुद्दा मामिलामा थुन्ने निकाल्ने सम्मकाे शक्ती प्रदर्शन सम्म पुगेकाे छ ।
उच्च अदालतले दिएकाे पुनरावेदनकाे अधारमा थप अनुसन्धान गरिरहेकाे पर्सा प्रहरीले जनाएकाे छ ।
सम्बन्धित समाचार
समाचार लेखेको विरुद्धमा पत्रकारका बाबुमाथि आक्रमण, प्रशासकीय अधिकृत अजय श्रीवास्तव सहित दुईजना पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

पोखरिया नगरपालिकामा प्रशासकिय अधिकृतकाे पुन सरूवा, अवैध भुक्तानी गर्न नमान्दा टिक्न दिदैनन् मेयर
