सप्तरी | सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका-११, नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैँचाबाट करिब ९८ किलो गाँजा बरामद भएको छ ।
साउन ३० गते सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा पोकाभित्र राखिएको गाँजा फेला परेको हो ।
बरामद गरिएको गाँजालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री