वीरगञ्ज महानगरभित्र भदौ ५ गतेदेखि देखिएको झाडापखाला सङ्क्रमण गाउँतिर पनि फैलिन थालेको छ ।
महानगरका विभिन्न वडामा देखिएको सङ्क्रमण दैनिक बढ्दै गएको अवस्थामा गाउँमा पनि यसको असर देखिन थालेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार वीरगञ्जमा देखिएको हैजाजन्य कोलेराको सङ्क्रमण गाउँतिर पुगेको पुष्टि भएको बताए ।
उनका अनुसार पोखरिया अस्पतालमा उपचाररत पाँच जना झाडापखाला बिरामीमध्ये दुई जनामा हैजा पुष्टि भएको छ । पोखरिया अस्पतालका चिकित्सकहरूले उपचाररत बिरामीहरू सबै विद्यार्थी रहेका छन् । ती विद्यार्थीहरू वीरगञ्जमा अध्ययनरत रहँदा संक्रमित भई गाउँ फर्केपछि बिरामी भएका हुन् । अस्पतालले उपचार गराइरहेका बिरामीमध्ये धोेबिनी गाउँपालिकाका एक जना, विन्ध्यवासिनी गाउँपालिकाका एक जना र पोखरियाका तीन जना रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार मंगलबार रातिसम्म वीरगञ्जमा हैजा संक्रमितको संख्या १ सय १४ पुगेको छ ।
भिडियाे सामाग्री