वीरगंज महानगरपालिका–२० ले विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरूलाई आवश्यक सामग्री सहयोग गरेको छ ।
आज सशस्त्र प्रहरी बल ड्राइपोर्ट क्याम्पलाई ४ थान लाइफ ज्याकेट र १ बण्डल डोरी वीरगंज महानगरपालिका–२० का वडा अध्यक्ष रामकिशोर सिंह परागले हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष परागका अनुसार यी सामग्रीहरू बाढी, डुबान लगायतका विपद्को समयमा प्रयोग गर्ने उद्देश्यले वडाले पूर्व तयारीका रूपमा खरिद गरेका हुन् ।
उनले आगामी दिनमा विपद् जोखिम न्यूनीकरण र राहत व्यवस्थापनमा वडाको सक्रिय भूमिका रहिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।