पर्सामा बाघको आक्रमणबाट एक महिलाको अवस्था गम्भीर बनेको छ ।
पर्सागढि नगरपालिका–३ झबराहाकी ५६ वर्षीया शान्तिमाया श्रेष्ठलाई आज बाघले आक्रमण गरेको हो । स्थानीय प्रहरीका अनुसार घाँस लिन गाउँ नजिकैको जंगलतर्फ गएकी श्रेष्ठमाथि बाघले अचानक आक्रमण गरेको थियो । घटनामा गम्भीर घाइते भएकी उनलाई स्थानीयवासीले उद्धार गरी प्रारम्भिक उपचारका लागि वीरगञ्ज पुर्याएका थिए ।
वीरगञ्ज नेशनल मेडिकल कलजमा उपचार सम्भव नभएपछि अवस्था जटिल बन्दै गएपछि श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं पठाइएकाे पर्सागढि नगर प्रमुख गोकर्ण पाठकले जानकारी दिएका छन् ।
गाउँनजिकै बाघको गतिविधि देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । सो क्षेत्रमा वन सुरक्षा र जनसुरक्षा सम्बन्धी प्रभावकारी व्यवस्था गर्न स्थानीयवासीले माग गरेका छन् ।
उनीविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।