नेपाल बार एशोसिएशनले आज आफ्नो ७०औँ स्थापना दिवस मनाएको छ । बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू र अधिवक्ताहरूको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।
बारको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू, बारका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रसहित कानुन व्यवसायीहरूले संस्थापकहरूको तस्बिरमा माल्यार्पण गरेका थिए ।
अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिका र कानुनको शासन कायम हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, “कानुनी शासन र मानव अधिकारको रक्षाका लागि नेपाल बार निरन्तर क्रियाशील रहिरहनेछ ।”
नेपाल बारको स्थापना विसं २०१३ पुस ७ गते भएको थियो ।