नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ । अघिल्लो दिन यो मूल्य २ लाख ९१ हजार ४०० रुपैयाँ थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५० हजार १७० रुपैयाँ कायम गरिएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार १३२ रुपैयाँ कायम गरिएको छ ।