आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १ सय रुपैयाँमा कायम भएको छ । यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
बजारमा अन्तर्राष्ट्रिय मूल्य, माग र आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव देखिँदै आएको व्यवसायीहरूले बताएका छन् ।